२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालका अनाथ बालबालिकाको सहयोगार्थ बेलायतमा समाजसेवी खरेलले च्यारिटीबाट जुटाए ३ लाख

23264 Shares
Spread the love

लण्डन । नेपालका अनाथ बालबालिकाको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरी बेलायतका सक्रिय नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेलले करिब् ३ लाख रुपैयाँ जुटाएका छन् ।

संकलित रकम काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण प्रदान गरिरहेको ‘माया घर’ अनाथ आश्रमलाई सहयोग गरिने समाजसेवी खरेलले नेपालसंसारलाई बताए ।

सो रकम संकलनका लागि विभिन्न नेपाली सामग्री पुरस्कार रहेको राफल ड्रका साथै नेपाली गोर्खा खुकुरी अक्सनमा बिक्री गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै बेलिफ रेष्टुरेन्टका संचालक खरेलले काठमाडौंमा झन्डै ५० जना अनाथ बालबालिकाको रेखदेख गरिरहेको ‘माया घर’लाई सहयोगको प्रयास गरेको सुनाए । कोभिड महामारीले निम्त्याएको असहज अवस्थामा पनि च्यारिटी कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरे ।

च्यारिटी कार्यक्रममा बेलायतका बरिस्ठ समाजसेवी शेर बहादुर सुनार लगायतका सामाजिक व्यक्तिहरुको सहभागिता थियो ।

व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय बेलिफ रेष्टुरेन्ट संचालक खरेलले नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । यस वर्षमात्रै उनले १० लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेका छन् ।

तस्विरहरु : कुशल श्रेष्ठ 

प्रतिक्रिया