२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सबै राष्ट्रिय समिति (एनसीसी) मा तत्काल सदस्यता वितरण नगर्नु : महासचिव डा. हेमराज शर्मा

1247 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर छरिएका संघका राष्ट्रिय समितिमा पन्जिकृत सदस्यता वितरण गर्न रोक लगाएको छ ।

गैरआवासीय नेपाली संघको जारी युरोप वैठकलाई सम्वोधन गर्दै संघका महासचिव डा. हेम राज शर्माले अर्को सूचना जारी नहुन्जेल सम्मको लागि सबै राष्ट्रिय समिति (एनसीसी) मा तत्काल सदस्यता वितरण नगर्न अनुरोध गरेका हुन् ।

डा. शर्माका अनुसार शुक्रवार सम्पन्न पदाधिकारी बैठकले तत्तकाल सदस्यता वितरण नगर्न निर्देशन दिने निर्णय गरेको हो । संघले विषेश महाधिवेशन पछि संघको विधानमा व्यापक परिवर्तनको तयारीका लागि सदस्यता वितरणमा रोक लगाएको हो ।

गैरआवासीय नेपाली संघले निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधी चयनका विषयमा थप छलफलका लागि विषेश महाधिवेशन बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया