२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मृगौला पिडित तरुण दल सुनसरीका पुर्ब अध्यक्ष देवकोटालाई जनसम्पर्क समिति बेलायतद्धारा सहयोग

24101 Shares
Spread the love

लन्डन : नेपाली जनसम्पर्क समिति बेलायतले तरुण दल सुनसरीका पुर्ब अध्यक्ष दुर्गा देवकोटालाई १ लाख ९० हजार आर्थिक सहयोग गरेको छ ।

नेपाल तरुण दल सुनसरीका ज़िल्ला सभापति सीजन गुरुङले नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङलाई तरुण दल सुनसरीका पुर्ब अध्यक्ष दुर्गा देवकोटाको दुवै मृगौल फेल भएको जानकारी दिए लगत्तै बेलायतमा बसोबास गर्नु हूने साथीहरु तथा नेपाली दाज़ु भाई तथा दीदी बहिनीहरुबाट सो रकम संकलन गरि सहयोग गरेको जानकारी दिए ।

देबकोटाले विगत पाँच महीना देखी हप्तामा ३ पटक नियमित रूपमा डायलसीस गर्नु पर्ने भए पनि आर्थिक अवस्था कमजोर हुँदा डायलसीस गर्न सकेका थिएन्न।

सभापति गुरुङले आफै २० हजार सहयोग गर्दै सो अभियान शुरु गरेका थिए । सामाजिक कार्यमा सधै अग्रसर हुने जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले यसअघि पनि कोभिड -१९ प्रभावीतको लागि ठुलै रकम सहयोग गरिसकेका छन् । यस अगाडी नेपाली जनसम्पर्क समिति बेलायतले चितवनको चेपागं बस्तीका करिव ५ सय घरधुरीलाई जनसम्पर्क समितिले खाद्यान्न सहयोग वितरण गरेको थियो ।

प्रतिक्रिया