लन्डन — आगामी साता ४ अक्टोबरमा हुने लण्डन म्याराथनमा नेपालीहरुको पनि उल्लेख्य उपस्थिति रहने भएको छ । महामारीसंगै प्रत्यक्ष रुपमा ४० हजार बढी व्यक्तिहरु दौडन सम्भव नभए पछि भर्चुअल रुपमा आफु रहेको स्थानीय पार्कहरुमा लण्डन म्याराथनको एपबाट रन ट्रयाक गर्दै दौड सम्पन्न हुने भएको छ ।
ठूलो संख्यामा पार्क रनमा लागेका नेपाली समुदायका सदस्यहरु पनि शारीरिक तन्दुरुस्तीका लागि यस्ता प्रतियोगिताहरुमा सहभागी हुन थालेका छन् ।
यसपालीको लण्डन म्याराथनमा करिब १०० नेपालीहरु सहभागी हुन लागेको पार्क रनमा नियमित लागेर शारीरिक तन्दुरुस्तीका लागि दौड प्रबर्धन गर्दै लागिपरेका नेपाल पत्रकार महासंघ युके का सचिव जगन कार्कीले बताए । कार्की आफै पनि म्याराथन दौडिरहेका छन् ।
नेपाल रन समूह मार्फत संजालमा जोडिएका धावकहरुको समूहमा आवद्ध म्याराथन दौडनेहरुमात्र ६० जना भन्दा बढी रहेको देखिएको र अन्य आआफ्नै हिसाबले दौडनेहरु पनि ठुलो संख्यामा रहेकाले संख्या १०० सम्म पुग्न सक्ने कार्कीले बताए ।
नेपाल रन समूहमा जोडिएका सहभागीहरुलाई भने लामो समय देखि दौडमा लागेर थुप्रै कीर्तिमानहरु राखीसकेका सन्तोस राईले निरन्तर सरसल्लाह र कोचिङ्ग दिइरहेका छन् । एक जना सामान्य व्यक्तिलाई ४२ किलोमिटर दूरीको म्याराथन दौडिन कम्तिमा १७ हप्ताको तालिम गर्नुपर्ने, दौडनलाई रहर मात्र हैन शरीरलाई तयार राख्न खानपिन र उचित रुपमा दौडने गर्नु पर्ने भन्दै अन्धाधुन्द लामो दूरी दौडनु खतरनाक हुन सक्ने राइको जिकिर छ ।
नेपाल रन समूहमा रहेका करिब ४० धावकहरुका लागि भने दौडने स्पिडका आधारमा समूह समूहमा बाँडेर दौडनको लागि म्याप, तालिम प्लान, खानपिन र अन्य निर्देशन राईले दिइ रहेका छन् भने राज ओझा, पाण्डव महतो लगायतले व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
दौडका दिन कोरोना भाइरसको गाइडलाइनलाई फलो गरेर सहभागीहरुलाई सहयोगका लागि स्वयम्सेवक, पानी , फलफूलका लागि नेपाल रन समूहका सहभागीहरुले आफै प्रबन्ध गरिरहेका छन् ।
दौड समूहमा संयोजनकारी भूमिकामा रहेका राज ओझा म्याराथन दौड कुनै तक्मा र प्रतिस्पर्द्धाको लागि नभएर यसका लागि गरिने महिनौंसम्मको तालिमले शारीरिक तन्दुरुस्ती र स्वस्थ रहन मद्दत गर्ने साथै च्यारिटी गर्न चाहनेहरुका लागि फन्डरेजिंगको गतिलो अवसर पनि रहेको बताउंछन् ।
निरन्तर म्याराथन दौडबाट क्यान्सर रोगलाई पनि जितेका अर्का धावक पाण्डव महतो विना शुल्क प्रकृति संगको सामिप्यमा रमाउंदै आनन्दले गरिने दौड यो महामारीको समयम उचित ब्यायाम र मानसिक स्वास्थ्यको अचुक उपचार रहेको बताउदै सबैलाई सके सम्म र भ्याए सम्म दौडन र नसके बिहान बेलुका निश्चित समय हिड्न सल्लाह दिन्छन् ।
नेपाल रन समूह मार्फत दौडमा सहभागीहरु
१. राज ओझा
२. चुरामणि रेग्मी
३. अर्जुन खनाल
४. तिलविक्रम संबहाम्फे
५. मुकुन्द नेपाल
६. रबिन्द्र अधिकारी
७. दामोदर आचार्य
८. रञ्जन लामिछाने
९. सन्तोस राई
१०. पाण्डव महतो
११. प्रिंगला राई
१२. निलु देवान
१३. लक्की सिंह
१४. समिर नाथ प्याकुरेल
१५. बिष्णु देवान
१६. राजु खत्री
१७. रेशम पुन
१८. नेम्सरी पुन
१९. संजीव घिमिरे
२०. विकास राई
२१. एनोकी डाली
२२. किरण अधिकारी
२३. अन्जु रेग्मी
२४. निजेंद्र ढुंगाना
२५. अनिल राई
२६. केदार खनाल
२७. अर्पण थापा
२८. बिराट श्रेष्ठ
२९. राज कुमार सिंह
३०. नरेन्द्र प्रधान
३१. नम्रता बिस्ट
३२. सलिना राज भण्डारी
३३. हरि रिमाल
३४. जगन कार्की
३५. शिव शैनु
३६. सत्यम क्षेत्री
३७. राजु नेउपाने
३८. लक्ष्मन पाण्डे
३९. शंकर केसी
त्यस्तै गरेर डार्टफोर्ड नेपाली समुदायबाट स्थानीय रुपमा नै दौड सम्पन्न गर्ने सहभागीहरुको नाम यस प्रकार रहेको छ :
१. धन क्षेत्रि
२. हरि हड्खले
३. प्रकाश थापा
४. माधब पराजुली
५. गोरख कार्की
६. तिर्थ पौडेल
७. दिलीप पौडेल
८. प्रदिप पौडेल
उल्लेखित बाहेक अल्डरसट , केन्ट लगायत विभिन्न ठाउँबाट पनि आआफ्नै हिसाबले दौडने तयारी गरेका छन् ।
लन्डन म्याराथन विश्वकै एक उत्कृस्ट तथा सबै भन्दा बढी च्यारीटी रकम संकलन गर्न सफल म्याराथन मानिन्छ । सहभागीहरुले आइतवार ४ अक्टोबर २४ घण्टा भित्र लन्डन म्याराथनको अधिकारिक एपमा समय रेकर्ड गरेर दौड पुरा गर्नु पर्नेछ ।