लण्डन । बेलायतमा निर्माण हुन लागेको भिक्टोरिया क्रस विजेता हवल्दार स्वर्गीय कुलवीर थापाको शालिक निर्माणका लागि एनआरएनए नेतृ सुशिला राई र उहाँका पति नरेन्द्र राईले आर्थिक सहयोग गरेका छन् ।
एनआरएनए आइसिसी सदस्य शुसीला राई र किरॉंत राई यायोख्खा, बेलायतका केन्द्रीय सदस्य नरेन्द्र कुमार राईले आज सो रकम प्रदान गरेका हुन् ।
‘कुलवीर थापाको शालिक निर्माणका लागि एक हजार १५ पाउण्ड स्टर्लिङ सहयोग गर्छौ भनेर म र मेरो श्रीमान नरेन्द्र राईले प्रतिवद्धता गरेका थियौं’, सहयोग हस्तान्तरणपछि नेतृ राईले भनिन् , ‘अहिले त्यो प्रतिवद्धता पूरा गर्न पाउँदा खुशी लागेको छ ।’
गोर्खा मेमोरियल शालिक निर्माण परियोजना टीम मात्र नभएर समाजमा गरिने यस्ता महान कार्यमा साथ रहने बताउँदै राईले बताईन् , ‘जो जसले यो शालिक निर्माण परियोजनाको परिकल्पना, सुरुवात र पूरा गर्नुभयो उहाँहरुलाई हाम्रो हार्दिक नमन छ ।’ सामाजिक अभियन्ता राईद्वय यस्ता हरेकजसो सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।