२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतमा मनाईयो १०७ औं बिपी जयन्ती

38907 Shares
Spread the love

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको कोइरालाको १०७ औं जयन्ती मनाएको छ ।

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति यूकेले शनिबार कोइरालाको सम्झनामा एक कार्यक्रम सम्पन्न गरेको हो ।

जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस लम्जुङ्गका नेता एबम नेपाल भुपु सैनिक संघका बरिस्ठ उपाध्यक्ष गर्ज बहादुर गुरुङ थिए भने विशेष अतिथि नेपाल तरुण दल सुनसरीका अध्यक्ष एबम समाजसेबी सिजन गुरुङ्ग तथा एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूकेका पूर्व उपाध्यक्ष शेर सुनार , काउन्सिलर प्रवेश केसी, नेसा अध्यक्ष केस बहादुर गुरुङ रहेका थिए ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहको उल्लेख गरेका थिए ।

यसैगरी जनसम्पर्क समिति बेलायतका सह-कोषाध्यक्ष कुश बस्नेतले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पु-याउँदैन भन्ने गर्नुभएको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरेका थिए ।

उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता हो भनेका थिए ।

एनपीसीसी यूकेका महामन्त्री केशब भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सह–महामन्त्री इन्द्रहाङ लिम्बुले स्वागत मन्तब्य र उपसभापति महेश दाहालले उपस्थित सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरेका थिए ।

बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र सङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी थिए । उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गरेका थिए ।

प्रतिक्रिया