२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कुवेतमा काभ्रेका बिष्णु बहादुर तामाङको मृत्यु

943 Shares
Spread the love

कुवेत ।  काभ्रेपलान्चोक घर भई कुवेतमा कार्यरत ३२ बर्षिय बिष्णु बहादुर तामाङको कुवेतमा मृत्यु भएको छ ।

उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा सेप्टेम्बर ०५ शनिबार, २०२० का दिन मृत्यु भएको हो । पारिबारिक स्रोतका अनुसार बिष्णु बहादुरलाई १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र १२ दिन उपचार पछि फर्काइएको थियो तर कम्पनीको आवासमा फर्किए पछि पुन: कुवेतको आदान अस्पताल लगिएकोमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको खबर आफुहरुले पाए पछि हामीहरु सार्है दुःखीत भएका छौ र पत्याउनै गार्हो परिरहेको छ।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं- ०६६८५९९१ का बिष्णु बहादुर तामाङको मृत्यु बारे प्रारम्भिक जानकारी राजदूतावासमा आएको बताए । उनले भने “बिष्णु नोभेम्बर, २०१९ मा कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको रुपमा आएको देखिन्छ । उहाँको मृत्युको पूर्ण विवरण आउन बाँकी भए पनि कम्पनी र परिवारसंग समन्वय गरेर दूतावासले कानुनी प्रकृया शुरु गरिसकेको जनाएको छ । वैदेशिक रोजगारीको क्रममा कुवेत आएको १ वर्ष पनि नपुग्दै ज्यान गुमाएका विष्णुको घरमा बुबा, दिदी, श्रीमती र २ वर्षकी छोरी छन् ।

प्रतिक्रिया