चितवन । क्याट यूकेद्वारा भरतपुर अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सहयोग हस्तान्तरण गरेको छ ।
बेलायतमा बसाेवास गर्दै आएका चितवनवासीकाे साझा सहयोगी समूह चितवन एड ट्रस्ट (क्याट)युकेले आइतवार एक कार्यक्रमका बिच भरतपुर अस्पताललाई पिपिई हस्तान्तरण गरेका हाे । चितवन सहायता कोष–बेलायतका भूतपूर्व अध्यक्ष चितवन निवासी हिमाल गुरुङले सबैकाे प्रतिनिधित्व गर्दै १५० थान पिपिई अस्पताललाई हस्तान्तरण गरेका हुन् । साे सहायता काेषले आगामी दिनमा अझै ३ सय थान पिपिई दिने याेजनामा रहेकाे बताईएकाे छ ।
बेलायतमा च्यारिटी रजिष्टर्ड संस्था चितवन एड ट्रस्ट (क्याट)युकेले आगामी दिनमा अझै ३ सय थान पिपिई दिने याेजना रहेकाे अध्यक्ष जीवन सेनले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भाेजराज अधिकारीले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै साे सहयोगका लागि उनले क्याट यूके सहयोगी सम्पूर्ण टिमलाई धन्यवाद समेत दिए ।
नेकपा नेता एवम् प्रदेश सभाका सांसद विजय सुवेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष डा. भाेजराज अधिकारी, अस्पतालका निमित्त मेसु डा. जगन्नाथ तिवारी, निमित्त मेट्राेन शान्ता भण्डारी, मेडिसिन विभागका प्रमुख डा. प्रकाश खतिवडा, वरिष्ठ बालरोग विशेषज्ञ डा. युबानिधि बसौला, अस्पतालका काेभिड–१९ क्लिनिकल संयाेजक डा. प्रमोद पौडेल, चितवन सहायता कोष–बेलायतका भूतपूर्व अध्यक्ष हिमाल गुरुङ लगाएतकाे उपस्थित रहेकाे थियाे । अस्पतालका विपन्न नागरीक उपचार कार्यक्रमका फोकल व्यक्ति गोपाल पौडेलले कार्यक्रम सञ्चालन गरेका थियो ।