काठमाडौँ । एनआरएन एएनसीसी डेनमार्कका निवर्तमान अध्यक्ष यम लाल सुबेदीले गैर आवासीय नेपाली संघले अघि सरेको बिना शुल्क सदस्यताको प्रस्ताव खारेज गर्न माग गरेका छन् ।
कुमार पन्त नेतृत्वको संघले निशुल्क सदस्यता, अनलाइन निर्वाचन जस्ता विषय अगाडी सारेकोमा डेनमार्कका निवर्तमान अध्यक्ष यम लाल सुबेदीले विना कुनै ठोसकार्य योजना, विना विश्वसनीय आधार र मार्गचित्र बेगरै हालै घोषणा गर्न खोजिएको सो प्रस्ताव खारेज गर्न माग गरेका हुन् ।
आईतबार एक वक्तव्य प्रकाशित गर्दै सुबेदीले बिदेशमा हुर्किरहेको भाबीपुस्तालाई संगठित गरि दृर्धकालिन रुपमा संघको गरिमा र मर्यादालाई प्ररिकृत जानु सबैको साझा अभिभारा हो । तर आज त्यो अभिभारलाई पुरा नगरी सदस्यता शुल्क बिना संघको सदश्यता बितरण गर्ने प्रस्तावले संघको दृर्घकालिन भबिष्य माथि गम्भिर प्रश्न ऊब्जाएको उनले उल्लेख गरेका छन् ।
गत साता बसेको एनआरएनए आइसीसीको ७४ औं भर्चुअल बैठकमा बहुसंख्यक सदस्यहरुले ती प्रस्तावहरुबारे थप छलफल गर्नुपर्ने र राष्ट्रिय समन्वय परिषदहरुको पनि राय लिनु पर्ने सुझाव दिएपछि विना कुनै निस्कर्ष बैठक टुंगिएको थियो ।
एनआरएन एएनसीसी डेनमार्कका निवर्तमान अध्यक्ष यम लाल सुबेदीले जारी गरेको वक्तव्यको पूर्ण पाठ :
श्रद्धेय कुमार पन्तज्यु
अध्यक्ष : गैर आवशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद , परिषद केन्द्रिय कार्यालय बालुवाटार काठमाण्डौ नेपाल !!!!
बिषय : बिना शुल्क सदस्यताको प्रस्ताव खारेज गरिपाऊ !!!
उपरोक्त सम्वन्धमा गैर आवासीय नेपाली संघको ७४ औ बैठकमा आगामी २०२१ -२०२३ को कार्यकालको लागि बिना शुल्क सदस्यता बितरण गर्नु पर्छ भन्ने प्रस्ताव अन्तराष्ट्रिय परिषदमा बिचारधिन रहेको र त्यस प्रस्ताव उपर अध्ययन गर्नको लागि संघका महासचिव डाक्टर हेम राज शर्माज्युको संयोजकत्वमा कार्यदल बनेको भन्ने शिर्षकमा समाजिक संजालमा छरप्रष्ट रुपमा सार्बजनिक भएको समाचारप्रति गम्भिर ध्यानकार्षण भएको छ।
संसार भरि छरीएर बसेका नेपालीहरुको बिचमा परिचय गरि आपसी समझदारी बढाउने । बिभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको हकहित सुनिश्चित र सुरक्षाको प्रत्याभुतिको लागि सबैको प्रतिनिधित्व गर्ने साझा अन्तराष्ट्रीय संस्थाको भुभिका निर्वाह गर्ने । बिदेशमा बसोवास गर्दा आर्जन गरेको पुंजी, ज्ञान र शिपलाई सामुहिकरुपमा नेपालमा लगानी गरि मातृभूमिलाई संमृद्धशाली बनाउने । यस पबित्र उदेश्यका साथ गौर आवशिय नेपाली संघको स्थापना २००३ सालमा भएको कुरा बिदैत छ।
यो अभियानलाई अभिछिन्न रुपमा कृयाशिल गराई बिदेशमा हुर्किरहेको भाबीपुस्तालाई संगठित गरि दृर्धकालिन रुपमा संघको गरिमा र मर्यादालाई प्ररिकृत जानु सबैको साझा अभिभारा हो । तर आज त्यो अभिभारलाई पुरा नगरी सदस्यता शुल्क बिना संघको सदश्यता बितरण गर्ने प्रस्तावले संघको दृर्घकालिन भबिष्य माथि गम्भिर प्रश्न ऊब्जाएको छ । त्यसकारण बिना शुल्क सदस्यता बिस्तार तथा नबिकरण प्रस्ताब तुरुन्तै बिचाराधिन प्रस्तावको सुचिबाट हटाएर नियमित रुपमा संघको मर्म र भावना अनुरुप संचालन गर्न माघ गर्दछु ।
साथै तपशिलमा देहाबमोजिको सुझावहरु तथा जिज्ञासाहरु प्रस्तुत गर्दछु।
* सदश्यता शुल्क प्रत्येक देशमा कृयाशिल राष्ट्रिय समन्वय परिषदको आर्थिक श्रोतको मेरुदण्ड हो । संघको हरेक दुई बर्षमा सदस्यता नबिकरण र बिस्तार अभियान बाट संघलाई प्राप्त हुने नियमित आर्थिक श्रोतलाई पारदर्शिरुपमा कार्यान्वयन गरि सघंको बिश्वशनियतालाई मदबुद गर्दै भाबी पुस्ताहरु तथा एन आर एन ए अभियानमा नजोडिएको बर्गहरुको आकर्षणको केन्द्रको रुपमा एन आर एन ए लाई बिकास गर्नेकी मुहान बिनाको पानीको घारो हुने ? मुहान बिनाको धारोमा कसरी पानी आउछ स्पष्ट पारिदिनु हुन अनुरोघ गर्दछु।
* सदस्यता शुल्क बिना कसरी राष्ट्रिय समन्वय परिषदहरु आर्थिक रुपमा सवल र बलियो हुन सक्दछन् ? एन सी सी हरुको बैकल्पिक आर्थिक श्रोतबाट माघ्याम के हो ? शायद शद्धेय अध्यक्षज्युलाई आफु निर्वाचनको मैदानमा हुदा गैर आवशिय नेपाली दाजुभाई दिदीबहिनीहरुको बिचमा अभिब्यक्त गरेको नारालाई छलफलको बिषय सम्म बनाउन रहर मात्रै लागेको हुनु पर्दछ। त्यो स्भाबिक पनि हो । तर कदापी यो प्रस्ताव पारित गराउने प्रयास नगर्नु हुन बिनम्रतापुर्वको सुझाब प्रस्तुत गर्दछु । यदि यहाबाट यो प्रस्ताब पारित गराई कार्यन्वयन गर्ने नाममा संस्थालाई दृर्घकालिन असर पार्ने खालका निर्णयहरु गर्दै जॉंदा कालाकान्तरमा संघको बिश्वशनियता र बैद्धता माथि प्रश्नै प्रश्नहरुको चागं त खडा हुदैन सबैले गम्भीर भएर एक पटक आत्म समिक्षा गर्न अनुरोघ गर्दछु।
* यदि यो प्रस्ताब अन्तराष्ट्रिय समन्वय परिषदले पारित गरेमा रष्ट्रिय समन्वय परिषदबाट अन्तराष्ट्रिय समन्वय परिषद महाधिबेशनमा हुने प्रतिनिधिहरुको संख्यामा कटौती गर्ने रणनैतिक खेल एक आपसमा परिपुरक छन । यस्ता खेलले गर्दा संघको दृर्घकालिन भबिष्यको परिकल्पना भन्दा संघको प्लेटफर्म प्रयोग गरेर ब्यक्तिगत मनोपोली हाबी हुने र संघको गरिमा र मर्यादामाथि मानमर्दन हुनेछ।
* एन सी सी हरु सम्बन्धित देशको नियम कानुन अनुसार दर्ता भई कृयाशिल भएको तथा सोही देशको बिदान अनुसार संचालन संम्पादन गर्नको लागि मार्ग प्रशस्त गरियोस । आई सी सी द्वारा एन सी सी हरुको बिधानमा लगाएको सेन्डिकेटको यथासक्य छिटो अन्य गरियोस ।
* तीन पटक लगातार पान्जिकृत सदस्य भएको ब्यक्तिलाई चाहेको खण्डमा निर्वाद एनसी सी अध्यक्ष पदको लागि निर्वाचनमा भाग लिन पाउने ब्यबस्था मिलाईयोस ।
* एन आर एन एलाई मर्यादित रुपमा निरन्तरता दिन e -conomic system को सेट अप र सार्थक प्रयोग गरि आई सी सीको आर्थिक पारदर्शितामा बिशेष महत्व राखियोस
* एन सी सी हरुलाई केवल लेबिको उठाउने श्रोतको रुपमा संझने परम्पराको दृर्घकालिन अन्त्य होस ।
* करोडौ रुपया खर्चेर बार्षिक रुपमा आयोजन गरिआएको क्षेत्रीय बैठकहरुबाट तय गरिएयका बिबिध परियोजनाहरु जस्तै लाप्राक नमुना भिलेज , शंखमुल पार्क र एन आर एन ए बिल्डिंगको निरन्तरता र त्यसमा पर्न गएको कानुनी अड्चनको दीर्घकालिक निराकरण र समापन प्रति बिशेष ध्यान केन्द्रित गरियोस
* अतह: कुनै परियोजना सम्पन्न हुदैनन भने यस्ता क्षेत्रीय बैठकहरुको औचित्य तथा सान्दर्भिकताको बारेमा स्पष्ट धारणा सार्वजनिक गरियोस।
* गैरआवशिय नेपाली संघको संस्थागत बिकासको लागि ईमान्दारीता , पारदर्शिता , बिश्वशनियता , जबाफदेहिता र बौधताको सार्थक प्रयोग गरियोस ।
* भिजन २०-२० बियोण्डको सार्थक कार्यान्वयन गरियोस !!!
* म जस्ता अर्गानिक संगठनको परिकल्पना गरि आफ्नो कार्यकालमा डेनमार्कको एन सी सी पुर्ण रुपमा आर्थिक पारदर्शिता उदाहरण प्रस्तुत तथा संघको निबाचनमा बिद्युतिय परिचय पत्र उपलब्ध गराई काम गर्ने प्रेरणा भएको पात्रको संघ प्रतिको बिश्वास र मर्यादा खलल आउने कुनै पनि कदम नचालिदिनु हुन अनुरोध पनि गर्दछु।
बिनित
यम लाल सुबेदी
निवर्तमान अध्यक्ष एन आर एन ए एन सी सी डेनमार्क
मानार्थ परिषद सदश्य एन आर एन ए आई सी सी !!!
बोद्धार्थ :
डाक्टर : श्री उपेन्द्र महतो संस्थापक अध्यक्ष एन आर एन ए आई सी सी
श्री जिबा लामिछानेज्यु भुतपुर्व अध्यक्ष :एन आर एन ए आई सी सी
डाक्टर : श्री शेष घलेज्यु भुतपुर्व अध्यक्ष :एन आर एन ए आई सी सी
श्री भवन भट्टज्यु निवर्तमान अध्यक्ष एन आर एन ए आई सीसी
डाक्टर :हेम राज शर्मा ज्यु महासचिव एन आर एन ए आई सी सी
उपाध्यक्षहरु :
* डाक्टर : बद्री के सी
* श्री अर्जुन कुमार
* श्री मन केसी
* श्री सोनाम लामा
* श्रीमती रबिना थापा