२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना संक्रमण मुक्त देखिएपनि कलेजोको समस्या कारण शेर्पा संघ यूके अध्यक्ष सानाको निधन

1292 Shares
Spread the love

लन्डन । कोरोन संक्रमणका बाट मुक्त भएका शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ५१ वर्षीय शेर्पाको लन्डनको सेन्ट थोमस अस्पतालमा सोमबार उपचारको क्रममा निधन भएको हो ।

उनी कोभिड संक्रमण भएपछि गत जुलाई १३ मा केन्टको विलियम हार्भी अस्पातल भर्ना भएका थिए ।

दुई साता अघि गरिएको परीक्षणमा उनी कोरोना संक्रमण मुक्त देखिएपनि कलेजोको समस्या रिकभर हुन नसकेर निधन भएको हो । उनका श्रीमती र तीन छोरा छन् ।

भोजपुर पुर्ख्यौली घर भएका स्वर्गीय शेर्पा परिवारसहित बेलायतको केन्टमा बस्दै आएका थिए ।

प्रतिक्रिया