२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कुवेतमा कोरोनाको कारण ९ नेपालीको मृत्यु

1295 Shares
Spread the love

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ९ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ८ जना पुरूषहरु रहेका छन ।
नेपाली राजदूताबास कुवेतमा दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने” बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ९ जनाकै परिवार संग समन्वय गरि उनिहरुको कुवेतमै अन्त्येष्टि गरि सकिएको छ।”

नेपाली राजदूताबासका अनुसार कुवेतमा लकडाउन शुरु भए देखि हाल सम्म (मार्च-१ देखि जुलाई-३१,२०२०) कोरोना संक्रमणका कारण सहित २६ जना नेपालीको मृत्यु भएको छ ।

यसै गरि यसरी कुवेतमा कोरोना बाहेकको कारण मृत्यु भएका १३ जना(१० पुरुष र ३ महिला)को शब चार्टर र आममाफीको उडान मार्फत नेपाल पठाई सकिएको छ । कोरोना संक्रमणको कारण मृत्यु हुने ९ जना र अन्य ४ जना(मृतकको परिवारसंग सहमती लिएर) गरि १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ।यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन।

प्रतिक्रिया