२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली पोल्याण्डद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

27503 Shares
Spread the love

पोल्याण्ड / हामी नेपाली पोल्याण्ड शाखाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ।  

चितवन जिल्ला भरतपुर महानगर पालिका ६,केसरबाग नव ज्योति टोल निवासी मिर्गौला पीडित कमला तामाङलाई आर्थिक  अभावका कारण उपचारमा कठिन भएको हुदा हामी नेपाली  पोल्याण्ड शाखाबाट आर्थिक सहयोग जुटेको छ ।

मिर्गौला पीडित तामाङलाई १,१३८ Zloty (रु ३५,१५२ ) रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

तामाङको उपचारमा सहयोग गर्नका लागि  शाखाको  समितिमार्फत रकम संकलन गरेको हामी नेपाली  पोल्याण्ड शाखाकी अध्यक्ष शान्ति श्रेष्ठले जानकारी दिनुभयो ।

अमेरीकामा केन्द्रिय कार्यालय रहेको हामी नेपाली ग्लोबलले भौतिक तथा मानवीय सहयोग गर्ने उद्देश्यले नेपाली नेपाली विचको सहयोगी भावनाको बिकास,राष्ट्रीयता प्रति उत्तरदायी भावनाको बिकास तथा समाजसेवामा योगदान गदै आएको छ ।

 

प्रतिक्रिया