२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

किन ढिलाई भयो एनआरएनए यूकेको डिजिटल परिचयपत्र विवरण ?

1825 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ६ वटा भन्दा बढी देशमा डिजिटल परिचयपत्र वितरण गरि सक्दा वेलायतस्थित गैरआवासीय नेपाली संघका सदस्यहरुले डिजिटल परिचयपत्र पाउने अनिश्चित भएको छ ।

एनआरएनएलाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको घोषणा गरेलगतै संघले डिजिटल परिचयपत्रसम्बन्धी काम अघि बढाएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एमआईएस प्रणालीबाट सदस्यता वितरण नगरेका कारण सदस्यता वितरण प्रकृयामा ढिलाई हुने भएको छ । गतवर्ष सेप्टेम्वरमा सम्पन्न गैरआवासीय नेपाली संघ युकेको सदस्यता वितरण इलोक्ट्रनिक्स प्रणाली नभएर पुरानै ढर्रामा फारम भरेर गरिएको थियो ।

तत्कालिन अध्यक्ष योग कुमार फगामीलाई पटक पटक आग्रह गर्दा समेत संघको पत्रलाई वेवास्था गर्दै छुट्टै सदस्यता वितरण अनलाइन तयार गरेर संघलाई लाखौं रुपैयाँको घाटामा पुराएका थिए । फगामीको कार्येसमितीले करिब ५ हजार ५ सय पाउण्डको  छुट्रटै अनलाइन बनाएर सदस्यता वितरण गरेका थिए । सो अनलाइनमा भएका डेटा अहिले कस्को हातमा छन् प्रष्ट छैन् त्यसमा धेरैका व्यक्तिगत विवरणहरु समेत असुरक्षीत हुने भएका छन् । कयौले कागजी फारम भरेका थिए ।

सदस्यता सम्बन्धी तथ्यांक उतार्न फगामीको कार्यसमितिले एसके गुरुङ्गलाई दिएको थियो त्यो वापत उनले २० हजार भन्दा बढी पाउण्ड हात पारेका थिए तर संघका सदस्यहरुको विवरण अहिले संघ केन्द्रीय प्रणालीमा पुग्न सकेको छैन् । फोटो, इमेल सहित पूर्ण व्यक्तिगत विवरण केन्द्रमा नपुगे सम्म डिजिटल परिचयपत्र जारी गर्न मिल्दैन् । करिब तीन महिन अघि संघका केन्द्रीय महासचिव डा. हेम राज शर्माले एनआरएनए युकेलाई सदस्यको विवरण पठाउन पटकपटक तोकेता गरे पनि वर्तमान संघको नेतृत्व रमिते भएका कारणले परिचयपत्र वितरण प्रकृयानै अबरुद्ध छ ।

एनआरएनए यूकेका सदस्यहरुको विवरण पूर्णरुपमा एमआईएस प्रणालीमा रुपान्तरण भई नसकेको र सम्पूर्ण सदस्यहरुको पूर्ण विवरण (ईमेल) केन्द्रमा प्राप्त नभएको कारणले परिचयपत्र वितरणमा ढिलाई हुने भएको संघका महासचिव डा शर्माले आफ्नो फेसबुक टाइमलाइन मार्फत जानकारी गराएका छन् । एनआरएनए यूकेको सदस्यहरुको परिचयपत्र बन्न ढिलाई भए पछि संघले सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलको संयोजकत्वमा रहेका समितिलाई परिचालन गरिएको दावी गरिएको छ।

प्रतिक्रिया