२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रवास बाटै पिडित नेपालीको पिडामा सहयोगी बनेकी ईशा गुरुङ

4517 Shares
Spread the love

भोला लामीछाने । विकसित मुलुक बेलायतमा बसोबास गर्दै यहा सम्म आऊदाका आफ्नो दुःख भोगाइ लाई पर सारेर नेपाल र नेपालीको सुखदुःखमा चौबीसै घण्टा सम्म सोच्न भ्याउने साच्चिकै नेपालकी बहादुर छोरी हुन् ईशा गुरुङ ।

के‌ हिमाल के पहाड के तराई उनको समाज सेवाको प्रशंसा वर्णन जती गरे पनी कम नै हुन जान्छ चौबीस घण्टा भित्र नै दैबी तथा प्राकृतिक प्रकोप मा पिल्सिएका नेपालीको पिडामा मल्हम लगाउन कती कठिन हुन्छ हामी सबैले अनुमान लगाउन सक्छौ।मुलुकमा भुकम्प,आगलागी , बाढी पहिरो , आकस्मिक दुघर्टनाका घटना किन नहुन आफ्नो बल बुताले भ्याएसम्म सकेको सहयोग गर्दै आईरहेकी छन् ईशाले । यती मात्रै होईन हरेक समयमा अभियान सञ्चालन गरेर थुप्रै रोगी बिरामी अशक्त हरुको नयाँ जिवन पनि दिलाएकी छन् ऊनले । धुर्मुस सुन्तली फाउण्डेशन ,रबी लामिछाने न्युज २४का अभियान किन नहुन ईशाका सहयोगी हातहरु पुगेकै छन् । यतिमात्र होइन देशको सिमाना मिच्दा आफ्नो देश को खातीर बुलन्द आवाज निकाल्ने ईशा, दुई चार शब्द लेख्दैमा उनका समाजसेवाका कार्यहरू यहा नअट्ने हुन सक्दछन् ,आजका मितिसम्म करिब ६ करोड रुपैयाँको ‌सहयोग गरेको उनले बताए पनि समाजसेवाको कुनै मुल्य हुदैन ,आज २०७७ असार २८ गते मणिपाल अस्पतालमा उपचाररत पिडामा रहेका उनिहरुलाइ अस्पतलामै गएर रकम हस्तान्तरण गर्न भ्याईन् यो घटनाको कुनै मुल्य हुन सक्छ,यो अमुल्य छ।

मुलुकबासीहरु जब जोखिममा परेर हताहत हुन्छन त्यो अबस्थामा आफू टुलुटुलु हेरेर बस्न सक्दिन भनी बताउने गुरुङले अस्ति मात्र पर्वत, बझाङ र सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाइ आर्थिक सहयोग पुर्याउने काम सम्पन्न गरिन ।

बिभिन्न अभियान सञ्चालन गर्दै गर्दा कतीले अमुक बनेर सामाजिक संजालमा भ्रम सृजना गरी चरित्र हत्या गर्ने समुदाय पनी हाम्रो समाजमा रहेको बेलाबेलामा उनले बताउदै आएकी छन् । यसरी निश्कर्षमा पुग्न लागेको कामलाई हतोष्साहीत गर्दै असली कामलाई पर्दा पछाडि पार्ने अर्काको ईज्जतमा दाग लगाउन तल्लिन कु‌ मानव हरूका कारण आफूले अभियान सञ्चालन गर्न बन्द गरेको तितो अनुभवहरु सेयर गरेकी गुरुङलाई समाजले उच्च मनोबल दिन नसके इशा गुरुङहरू हराऊनेछन् , गरिबका आँशु पुछिदिने र तिनका घरहरू ठड्याउने हजारौ ईशाहरुको समाज लाई खाचो छ ।

प्रतिक्रिया