२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

एनपीसीसी यूकेले लण्डनमा एकसय चौथो बीपी जयन्ती मनाउदै

4271 Shares
Spread the love

लन्डन । नेपाली कांग्रेसको बेलायतस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायत (NPCC UK) ले आगामी आइतबार (९/०९/२०१८) , बिपी जयन्ती मनाउने भएको छ । समितिले प्रजातान्त्रिक समाजवादका पथप्रदर्शक स्वर्गीय बी. पी. कोइरालाको यो १०४ जन्म जयन्ती मनाउन लागेको हो । आगामी सेप्टेम्बर ९ मा पश्चिम लण्डनको ह्यारोस्थित माया पब (HA2 0AJ) मा तय गरिएको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दी जिल्ला सभापति खमबिर गर्बुर्जा प्रमुख अथिति रहनेछन् ।

कार्यकमको संयोजन उपसभापति महेश कुमार दाहालले गरिरहेका छन् । दिउँसो १ बजे शुरु भएर ३ बजे नै कार्यक्रम समापन हुने संयोजक दहालले जनाएका छन् ।

नेपालको सबैभन्दा जेठो एवं हाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र यस समितिका संघसंस्थाहरुले यो सप्ताहान्त आफ्ना संस्थापक नेता स्व. बी. पी. कोइरालाको एकसय चौथो जन्म जयन्ती नेपाल लगायत विश्वभर मनाउँदै गरेको  नेपाली जनसम्पर्क समिति बेलायतका  प्रवक्ता खुशी लिम्बुले बताउनुभयो ।

समितिका सभापति युव राज गुरुङले एनपीसीसी यूकेका सम्पूर्ण सदस्यहरु लगायत नेपाली कांग्रेसको मूल मन्त्र राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आस्था राख्ने बेलायतवासी सबै नेपाली जनहरुहरुलाई बीपी जयन्ती समारोहमा उपस्थित भइदिन अनुरोध गरेका छन् ।

कार्यक्रम बारे अन्य जानकारी संयोजक महेश कुमार दहालबाट (०७९००५५७९६७) सोझै लिन सकिनेछ ।

प्रतिक्रिया