२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

तीसवटा पार्क बनाउँदै काठमाडौं महानगर

1204 Shares
Spread the love

काठमाडौं । काठमाडौं महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् ।

महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली तथा खुला ठाउँमा बसेर मनोरञ्जन लिने स्थानीयवासीको रहर पूरा हुने भएको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमा पार्क निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । प्रमुुख शाक्यले भने, ‘खुला तथा सार्वजनिक जग्गा संरक्षण तथा ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको सम्वद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौँ ।’

काठमाडौं महानगर घना बस्तीले भरिएको सहर हो । त्यसैले महानगरवासीलाई खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अगाडि बढाएका हौँ, उनले थपे, ‘हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौं अभियानलाई समेत प्राथमिकतामा राखेका छौँ ।’

महानगरले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, शहीद पार्क, चेस पार्क, महानगर बाजेबज्यै पार्क, महिला मैत्री पार्कलगायत छन् । महानगरले ड्रिम परियोजनाका रूपमा अगाडि बढाएको मेगा हलमा पनि ६० प्रतिशत ठाउँमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया