२०८३, ५ आश्विन सोमबार
×

ट्रेन्डिङ

तेस्रो एनआरएनए यूके कपमा केन्ट, प्लमस्टेड र भोटाङ एफसी च्याम्पियन

0 Shares
Spread the love

लन्डन । तेस्रो एनआरएनए कप २०२६ को मुख्य समूहमा केन्ट एफसी, भेट्रान्स समूहमा प्लमस्टेड एफसी र महिला समूहमा भोटाङ एफसी च्याम्पियन बनेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके युवा समितिको आयोजनामा शनिबार फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा प्रतियोगिता सम्पन्न भएको हो। मुख्य समूहमा माया फेल्थाम एफसी उपविजेता बन्दा भेट्रान्स समूहमा जोइन्ट एफसी र महिला समूहमा तामाङ समाज यूके उपविजेता बने।

प्रतियोगितासँगै नेपाली फेस्टिभलसमेत आयोजना गरिएको थियो। नेपाली परिकार, सांस्कृतिक प्रस्तुति र समुदायको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

प्रतियोगिताका क्रममा नेपालका भोटेकोशी बाढीपीडितका लागि करिब ५७ हजार रुपैयाँ संकलन गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार एनआरएनए कपको उद्देश्य खेलकुदमार्फत बेलायतमा रहेका नेपाली युवालाई जोड्नु र समुदायबीच सहकार्य तथा एकता मजबुत बनाउनु हो।

प्रतिक्रिया