सांकेतिक फोटो
लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको साउथ-ईस्ट लन्डनमा तिज कार्येक्रम हुने भएको छ ।
साउथ-ईस्ट चितवनवासी नेपालीहरुले आउंदो सेप्टेम्बर महिनाको ९ तारिख तीज २०१८ ’ शीर्षकमा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो ।
लण्डन प्लमस्टेड स्थित गोरखा क्लब रेष्टुरेण्ट एण्ड बार संगै भएको रहेको स्किल्स कम्युनिटी हबको हलमा आयोजना हुने कार्यक्रममा प्रमुख आकर्षण रहनेछन् अहिलेका चर्चित डिजे बिरेन्द्र नेपाल ।
कार्यक्रममा प्रबासबाट नेपाल सम्झने,नेपाली सांस्कृतिक प्रस्तुतिहरु तिज धमका रहने भएको छ । बेलायतवासी दिदि बहिनीहरुलाई स्वादिलो दर खुवाउने र हरितालिका तीज उल्लासका साथ मनाउने भब्य तयारी रहेको कार्यक्रम संयोजक तारा अर्यालले नेपाल संसार डट कम लाई बताउनुभयो ।
विदेशमा भए पनि हाम्रो संस्कृतिलाई जोगाऊ र यसैमा रमाउ भन्दै तीज कार्यक्रमको आयोजना गरेको अर्का कार्यक्रम संयोजक उपेन्द्र पौडेलले नेपाल संसार डट कम लाई बताउनुभयो ।
कार्यक्रम सांझ ६ :०० बजेदेखि २३:०० सम्म चल्नेछ । कार्यक्रममा सहभागिताको लागि २० पाउण्डको टिकट राखिएको छ । १० वर्ष मुनिका बालबालिकालाई १० पाउण्ड राखिएको छ भने ५ वर्ष मुनिका बालबालिकालाई निशुल्क रहेको कार्यक्रम संयोजक उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिताका लागि अयोजकहरुले बेलायतवासी सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।
सम्पर्क
उपेन्द्र पौडेल (०७८६३६२७५६५)
तारा अर्याल (०७९३६६७२५४९)