२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

८३ जना नेपाली लिएर बेलायतबाट उड्यो दोस्रो चार्टर फ्लाइट

14787 Shares
Spread the love

लण्डन । कोरोनाको महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई बेलायतस्थित नेपाली दुतावासले प्रवन्ध गरेको दोस्रो चार्टर फ्लाइटमा ८३ जना यात्री नेपाल फर्केका छन्।

शुक्रबार दिउँसो ग्याटवीक विमानस्थलबाट भएको सो फ्लाइटमा ८३ जना नेपाल फर्कदै गरेको क्याट यूकेका अध्यक्ष जीबन सेनले जानकारी दिए ।

नेपाल फर्कने नेपालीहरुको विदाईका लागि नेपाली दुतावास लण्डनका प्रवक्ता शरदराज आरण, गैर-आवासीय नेपाली संघकी अध्यक्ष पुनम गुरुङ्ग, महासचिव फडिन्द्र भट्टराई लगायतका पदाधिकारी विमानस्थल पुगेका थिए । उनीहरुको विदाईको लागि बेलायतस्थित नेपाली सामाजिक संघसँस्थाका प्रतिनिधी समेत विमानस्थल पुगेका थिए ।

बुधबार पहिलो चरणमा ग्याटविक एयरपोर्टबाट १ सय ४६ जना नेपाल उडेका थिए । १ सय ५८ जना क्षमता रहेको जहाजको लागि दोस्रो चार्टर फ्लाइटका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेज को लागी एन आर एन यूके सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीबन सेन ले स्थानीय ब्यबस्थापनको जिम्मा लिएका थिए । यसअघि गैरआवासीय नेपाली संघ युके र नेपाली दुतावासले संकलन गरेको सूचिमा रहेका ४ सय २० जनाले नेपाल जान इच्छा देखाएका थिए ।

प्रतिक्रिया