२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अमेरिकाबाट गएकाहरु नेपाल पुगे, अध्यक्ष सुनील साहद्वारा खुशी व्यक्त

1268 Shares
Spread the love

 

बाल्टिमोर, अमेरिका । अमेरिका घुम्न आएका तारा कोरोनाका कारण उत्पन्न परिस्थितिले यतै लकडाउनमा परेकाहरु नेपाल पुगेका छन्। नेपाल पुगेपछि सोहि समुहका एक ब्यक्ति तथा नेपाल अभिभावक महासंघका केन्द्रिय अध्यक्ष सुप्रभात भण्डारीले आफुहरु सकुशल नेपालमा अवतरण गरेको जानकारी गराएका छन् । पहिलो चरण अन्तर्गत २ सय ८१ जना नेपाल फर्केका हुन्।

उनीहरु लामो समयदेखि अमेरिकामा थिए। भिसा सकिएको, औषधि सकिएको पैसा सकिएको कारण आफुहरु अफ्ठेरोमा परेको, अलपत्र परेको, बिचल्लीमा परेको भन्दै उनीहरुले नेपाल जान पाउँ भनि अभियान नै चलाएका थिए।

वाशिंगटन डिसीमा रहेको नेपाली दुताबास र एनआरएनए एनसिसि, अमेरिकाको पहलमा उनीहरुलाई नेपाल जाने बाताबरण सहज बनेको नेपालका लागि उड्नु अघि उनीहरुले सामाजिक संचार माध्यममा सार्बजनिक गरेका थिए। उनीहरुले यहाँका नेपाली मिडियाहरुलाई पनि धन्यवाद दिएका छन्।

अध्यक्ष साहद्वारा खुशी ब्यक्त

कोभिड–१९ भाइरसका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिले गर्दा अमेरिका तथा नेपालमा भएको बन्दाबन्दी र विमान सेवा अवरुद्व हुँदा अमेरिकामा विभिन्न प्रयोजनले आउनुभएका तर अमेरिकावाट नेपाल जान नपाउनुभएका तथा अमेरिकाबाट अत्यावश्यक कारणले गर्दा नेपाल जानै पर्ने अवस्थाका बिच पनि जान नपाउनुभएका र जानका लागि प्रतिक्षारत एउटा समुह जुन २३ आज न्यूयोर्कबाट प्रस्थान गरेर नेपाल पुगेकोमा एनआरएनए अमेरिकाका अध्यक्ष साहले खुशी ब्यक्त गरेका छन। अध्यक्ष साहले अर्को समुह जुन २५ मा टेक्ससको डलासवाट नेपाल फर्कर्दै गरेको पनि जानकारी दिए।

अध्यक्ष साहले यो काममा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत ब्यक्त गरेका छन् । साहले भनेका छन, “यो अभियानमा सहयोग गर्ने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दुतावास अमेरिका, गैर आवासीय नेपाली संघको आइसिसी समिति, संचारकर्मी मित्रहरु, नेपाल जान प्रतिक्षारत व्यक्तित्वहरु एवं एनआरएनए अमेरिका कार्यसमितिका साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

साथै साहले यो बीचमा नेपाल फर्कन नमिलेका तर अफ्ठेरोमा परेका नेपालीहरुलाई अमेरिकामा अझैपनि सहयोग गर्ने प्रतिबद्दता दोहोर्याएका छन। साहले भनेका छन्, ” नर्फनुभएका तपाईहरु कसैलाई पनि आगामी दिनमा हामीले गर्न सके केही सहयोग रहे सम्पर्क गर्न पनि अनुरोध गर्न चाहन्छु ।”

प्रतिक्रिया