२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतबाट आज १ सय ४६ नेपाली स्वदेश फर्कदैं

2657 Shares
Spread the love

लण्डन । कोरोनाको महामारीका कारण बेलायतमा रहेका करिब १ सय ४६ नेपाली बुधबार स्वदेश फर्कदैं छन् । उनीहरु तीन महिनादेखि स्वदेश फर्कन पाएका थिएनन् । जजिरा एयरलाइन्सको विमानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

तस्विर : शिव भण्डारी

लण्डन नेपाल न्युजका प्रमुख सम्पादक शिव भण्डारी  अनुसार १ सय ४६ जना नेपाली बेलायतबाट आज  स्वदेश फर्किएका हुन् ।  लण्डनको ग्याटविक नर्थ टर्मिनलबाट उनिहरु नेपालका लागि प्रस्थान गरेका हुन् । चार्टर फ्लाइटमा १५ जना कागजबिहीन व्यक्तिहरुसहित, विद्यार्थीहरु, डाक्टरहरु, नेपालमा आफ्ना मानिस गुमाएकाहरु छन् ।

तस्विर : शिव भण्डारी

नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले छानेको ट्राभल्स एजेन्सीले बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको ९ सय २० पाउण्ड तोकेपछि सामाजिक संजालमा यहाँका नेपालीहरुले सरकारको चर्काे आलोचना भएको थियो । अरु बेला करीव ७ सय पाउण्डमा ओहोर-दोहोर गर्न पाउने टिकटको एकतर्फी भाडा नै ९ सय २० पाउण्ड तोकेपछि असन्तुष्टी वाहिर देखिएको थियो ।

प्रतिक्रिया