लण्डन । वाईल्डसायरस्थित वार्मिस्टरमा बेलायती सैनिक मुख्यालयको निर्देशन अनुसार गोर्खा सैनिकहरुले कवाज प्रदर्शन गर्दै अर्को नयाँ गोर्खा कम्पनी टेभोलेटो आधिकारिक रुपमा स्थापना गरेका छन्।
कार्यक्रमका प्रमुख अथिति रहेका मेजर जनरल नेनसन सिबिईले भने, ‘गोर्खाहरुको अनुशासन र कार्य सैली उच्चतम रहेको प्रशन्सा साथै आफ्नो ३२ वर्ष लामो सैनिक कार्य अवधि भर गोर्खाहरुको बहादुरीपन कहिले पनि नझुकेको अनुभब प्रकट गर्दै नयाँ गोर्खा कम्पनी स्थापना भएकोमा आफू खूशी हुदै सम्पूर्ण टेभोलेटो कम्पनीमा कार्यरत सैनिकहरुलाई त्यो बहादुरीपन जोगाई राख्न हौसला दिदै आफ्नो गन्तव्यमा पुग्न शुभकामना व्यक्त गरेका थिए।’
गत दुई हप्ता अघिबाट अभ्यास गरिएको उद्घाटन समारोहको कवाजलाई वारेन्ट अफिसर टु चोलानाथ लिम्बुले संयोजन गरेका हुन्। विहान ठिक ११ बजे ट्भोलेटो कम्पनी कमाण्डर मेजर प्रकाश गुरुङ्ग यमभिओले मेजर जनरल नानसन सिविईलाई रिपोट गराउदै कवाज निरिक्षण गर्न हार्दिक अनुरोध गरेका थिए।
उक्त समारोहमा क्याप्टे साम फोस्टरले युद्ध सम्मान ‘टेभोलेटो’ को इतिहास पढेर उपस्थित दर्शक तथा गोर्खा सैनिकहरुलाई स्मरण गराएका थिए।
टेभोलेटो इटालीस्थित दक्षिणी भेगमा रहेको एउटा गाँउको नाम हो। दोस्रो विश्व युद्धमा हिटलर विरुद्ध लडाई लड्न ७ गोर्खा राईफल्सका सेनाहरु सन् १९ सेप्टेम्बर १९४३ मा टेभोलेटो गाँउतर्फ लडाई लड्न लागेका थिए।
टेभोलेटो चट्टान नै चट्टानले भरिएको उकालो स्थानमा रहेको कारण धेरै गोर्खा सैनिकहरुले ज्यान गुमाउन पुगेका थिए। जर्मनका हिटलरले गोर्खाहरु विरुद्ध मेसिन गन, मोटर र आर्टिलरी जस्ता ठूलाठूला भयानक हतियार प्रयोग गर्दा गोर्खाहरु त्यो रात टेभोलेटो पुग्न असफल बनेका थिए।
बाँकी सानो संख्यामा रहेका गोर्खाहरुले हिटलरका सैनिकहरुलाई एक रात अघि बढ्न रोकेका थिए।भोली विहान ५ बजे उक्त बटालियनका ए कम्पनीको सहकार्यमा हिटलरका सबै सैनिक ध्वस्त पारेका कारण उक्त बटालियनको सि कम्पनीको महान् साहस देखेर विरताको चिन्ह स्वरुप गोर्खाहरुलाई ‘टेभोलेटो’ युद्ध सम्मान दिईएको थियो।
समारोहमा मेजर प्रकाश गुरुङ्ग यमभिओ ३२ बर्ष र नायक राजकुमार याक्खा १५ बर्ष अनुशासित ढङ्गले सफलता पूर्वक कार्य अवधि पुरा गरिएको अवसरमा लङ्ग सर्भिस गुड कन्डक मेडल साथै यो वर्ष ट्भोलेटो कम्पनीभित्र आन्तरिक पल्टुन प्रतियोगितामा ईन्जिनियर (पाइनर) पल्टुनलाई प्रथम नतिजा घोषणा गदै उक्त पल्टुनका पल्टुन कमाण्डर वारेन्ट अफिसर टु रित गुरुङ्गलाई ट्रफि हस्तान्तरण गरिएको थियो।
पत्रकार संयोजक र समारोहका अथितिहरुको उपस्थितिलाई वारेन्ट अफिसर टु गंगा गुरुङ्गले स्वागत गरेका थिए।
व्रिगेड अफ गोर्खाजमा लामो समयसम्म काम गरेर अवकाश लिएका कयौ व्रिटिस अफिसरहरु लगायत ७ गोर्खा राइफल्स एसोसियसनका अवकाश प्राप्त सदस्यहरु व्रिगेडियर डेभिड वईल र व्रिगेडियर डेभिड मोर्गान समेत उपस्थित रहेको उद्धघाटन समारोहमा दिवा भोज कलर सार्जन्ट नवराज रानाले व्यावस्थापन गरेका थिए।
प्रमुख अथिति र विशेष अथिति कर्णेल अफ दी आरजिआर मेजर जनरल जियम स्ट्रिकल्याण्ड डियसओ, यमविईलाई जेसन र रियान्काले फुलको पुच्प गुच्छा र माला अर्पण गरेर दिवा भोजमा स्वागत गरेका थिए।
अथिति गणमा रहेका कर्णेल विजी कर्णेल जेजि रविन्सनले गोर्खा कम्पनी टेभोलेटो स्थापना गर्नमा मुख्य भुमिका रहेको स्रोतले जानकारी गराए।
बिभिन्न परिचय बोकेर सभ्यताको शिखर चुमिरहेका बेलायती गोर्खा सैनिकहरु आफनो एउटा युद्ध कौशल मात्र नभएर तालिम अवधिमा रहदा पनि उच्चतम कला प्रदशनका कारण बेलायती सरकारले थप यो वर्षबाट नयाँ सैनिकहरु ३२० बेलायती सैनिक र १२० सिंगापुरतर्फ लगिने व्रिगेड अफ गोर्खाज मुख्यालयले सार्वजनिक गरेका छन्। हालसम्म विग्रेड अफ गोर्खाज भित्र करिब ३५०० गोर्खा सैनिक कार्यरत रहेका छन्।
बेलायतबासी सम्पुर्ण उपस्थित संघ संस्थाका पदाधिकारीहरु विग्रेड अफ गोर्खाजका ईन्जिनियर रेजिमेन्टका गोर्खा मेजेर मेजेर पुर्ण सिंह तामाङ्ग, पहिलो गोर्खा बटालियनका गोर्खा मेजर मेजर सुरेश कुमार थापा यमभिओ र तिनका प्रतिनिधि लगायत पत्रकार बन्धुहरु तथा प्राविधिक संयोजक वारेन्ट अफिसर टु बसन्त राई र ट्भोलेटो कम्पनीका सैनिकहरुलाई मेजर गुरुङ्गले धन्यवाद प्रकट गदै शुभकामना दिएका थिए।
उद्धघाटन समारोहमा गुरुङ्गले भने ‘यो नयाँ कम्पनी स्थापना भएकोमा म धेरै खुसी र गर्ववान्वित छु।गोर्खाहरुका बहादुरी पक्ष र कौशल पक्षका सकारात्मक समिक्षाको शाब्दिक व्याख्या गदैे कम्पनीको तर्फबाट प्रमुख अथिति मेजर जनरल नेनशल सिविईलाई गोर्खालीहरुको इतिहास राख्न सफल प्रसिद्ध खुकुरी चिनो स्वरुप उपहार हस्तान्तरण गरिएको थियो।