२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

बेलायतको इङ्लिस इन चेस्टर र एलआरआई स्कुलबीच सम्झौता

3057 Shares
Spread the love

लन्डन । काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र बेलायतकोे इङ्लिस इन चेस्टरबीच द्विपक्षीय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ ।

दुबै स्कुलका प्रतिनिधिहरुले लण्डनमा आायेजित एक कार्यक्रममा शैक्षिक सहकार्य गर्ने सम्झौता गरेका हुन् । सम्झौता पत्रमा एलआरआईका तर्फबाट प्राचार्य डा. देवकान्त जोशी र इङ्लिस इन चेस्टरका तर्फबाट निगेल परमोरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार छोटो अवधिको शिक्षणका लागि विद्यार्थीको भाषाको गुणस्तर तथा अभिभावकका लागि छोटो अवधिको भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । शैक्षिक गुठी अन्र्तगत सञ्चालित एलआरआईले सम्झौता गरेको बेलायतको उक्त विद्यालय बेलायतका करीब ५ सय विद्यालयमध्ये उत्कृष्ट तीनमा पर्ने विद्यालय भएको बताइएको छ ।

एलआरआईले करीव १७ देशसँग द्विपक्षीय सम्झौता गरिसकेको विद्यालयका प्राचार्य जोशीले बताए । इङ्लिस इन्चेस्टरसँगको सम्झौताले छोटो समयका लागि इङ्लिस पढ्न जाने विद्यार्थीहरुका लागि कासेढुङ्गा सावित हुने विद्यालयले विश्वास लिएको लेखाप्रमुख दीपक जोशीले बताए । इन चेस्टरसँगको सम्झौता पछि एलआरआईलाई विश्वका अन्य देशसँग पनि सहकार्य गर्न सकिने विश्वास लिइएको लेखा प्रमुख जोशीले बताए ।

यो कार्यक्रमको उद्देश्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्व भरीको भाषा, भेषभुषा, रहन सहन लगायत सांस्कृतिक आदान प्रदान गर्नु रहेको जोशीको भनाइ छ । ‘विद्यालय सधै नविनतम प्रविधिको प्रयोग गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नमा तल्लीन रहेको छ’, प्राचार्य जोशीले भने, ‘आगामी दिनमा यसको दायरा थप फराकिलो बनाइदै लगिने छ ।’ यस्ता कृयाकलापले विद्यार्थीको र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

सम्झौता समारोहमा विद्यालयका संस्थापक गुठियार यशोधरा पन्त, लेखा प्रमुख दिपक जोशी, विद्यालय व्यवस्थापन समितिका सदस्य साधुराम गौतम, इङ्लिस इन चेस्टरकी जेनी, एनएनए तथा लण्डन नेपाल न्युज बेलायतका सम्पादक तथा एनआरएन युकेका सल्लाहकार एभरेष्ट गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया