२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली पोल्याण्डको कोभिड १९ एवं आपतकालिन कार्यसमिति गठन

5301 Shares
Spread the love

पोल्याण्ड / हामी नेपाली पोल्याण्डले कोरोना भाइरस Covid – १९ सम्भावित जोखिम न्यूनीकरणका लागि Task force कार्यसमिति गठन तथा Emergency founds खडा गरेको छ।

बिश्व महामारी रूपमा फैलिदै गरेको कोरिना भाइरस (कोभिड १९) बाट प्रभावित भई पोल्याण्डमा रहेको नेपालीहरुको अवस्थ हेरि खाद्यान्न सामाग्री साथै भौतिक तथा मानवीय सहयोग गर्ने उद्देश्यले हामी नेपाली पोल्याण्डले आपतकालीन राहत कोष संचालनको लागि निम्न लिखित संचालक समिति बनाइएको छ ।

संयोजक :- शान्ति श्रेष्ठ

सह संयोजक :- सुमन कुमार राई

संयोजक सदस्यहरु :- राम कुमार श्रेष्ठ , पवन चौधरी ,राम चन्द्र श्रेष्ठ, बुद्ध राई, पुनम बुढा मगर ,मिना शेर्पा ,विशाल रम्तेल ,गोपाल पाण्डे, प्रकाश तामाङ, सुरेश आले मगर ,छम बहादुर थापा ,विजय तामाङ रहेको छ ।

हामी नेपाली पोल्याण्डको उद्देश्य अनुसार दैवीप्रकोप तथा आकस्मिक घटना पीडितलाई सहयोग गर्नु पर्ने उल्लखित अनुरुप सस्थाको बिधान र सम्बन्धित देशको कानुनी नितिको परिधिभित्र रहि हामी नेपाली पोल्याण्ड शाखाले पीडित नेपालीहरुलाई खाद्यान्न सामाग्री तथा आवस्यक सहयोग गरिने छ।

हामी नेपाली ग्लोबलको गत अप्रिल २६ तारीख बसेको केन्द्रिय कार्यसमितिको बैठकका निर्णय अनुरुप बिश्वभरको हामी नेपाली ग्लोबल शाखाहरुले कोभिड १९ एवं आपतकालिन रहात कोष खाडा गरि पीडित नेपालीहरुलाई खाद्यान्न राहत वितरण तथा उद्दर कार्य गरिने छ।

 

प्रतिक्रिया