२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कुवेतबाट तेस्रो उडान मार्फत ९ बच्चा सहित १४९ महिला नेपाल पुगे

1429 Shares
Spread the love

जीएनएन । कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये तेश्रो उडानबाट ९ बच्चा सहित १४९ महिला कामदारहरु नेपाल नेपाल पुगेका छन।उनिहरु आज जुन-१२,शुक्रबार कुवेतको जजिरा एयरको सिधा उडान मार्फत नेपाल पुगेका हुन।उनिहरु नेपालको समय अनुसार बिहान ११:३० बजे नेपाल उत्रिएका थिए।
नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी दितिय सचिब जानकी ओझाका अनुसार कुवेत सरकारको अर्दिया आश्रय स्थलमा रहेका ८ जना आमाका ९ जना बच्चाहरु सहित १४९ जना महिलाहरुलाई आज नेपाल पठाइएको हो।उनले थपिन”क्रमश:आममाफी मार्फत आश्रय स्थलमा रहेका नेपालीहरुलाई कुवेत सरकारले निशुल्क दैनिक उडान मार्फत नेपाल पठाउने छ।भोली पनि २ वटा जजिरा एयरको उडान हुने जानकारी दूताबासमा आएको छ।”

यसै बिच आज नेपाली राजदूताबास कुवेतले आफ्नो फेसबुक पेज मार्फत आममाफी भन्दा बाहेक घर जानै पर्ने अवस्थाका कामदारहरु मध्ये पहिले प्राथमिकतामा परेकाहरुलाई आ-आफ्नो प्रमाण दुताबासमा पठाउन अनुरोध गरेको छ।उक्त अनुरोध यस्तो रहेको छ।

नेपाल सरकारको निर्णयबाट तोकिएको प्राथमिकता क्रममा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु एवं जेष्ठ नागरिक, बालवालिका तथा अपांगता भएका व्यक्तिहरुले आफूसँग भएका प्रमाण वा कागजातहरु यथाशीघ्र दूतावासको फेसबुक पेजको मेसेन्जर इनबक्स वा इमेल [email protected] मा पठाइदिनु हुन अनुरोध छ ।

पुनश्च:कोरोना स्वास्थ्य परीक्षण कहाँँ र कसरी अनी कती शुल्क लिएर गर्ने र चार्टर उडान कहिले हुने बारे पुन: अर्को सुचना निकालेर जानकारी दीइने दितिय सचिब ओझाले बताएकी छन।

प्रतिक्रिया