धनगढी । कैकैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरुलाई हप्ता दिन सम्म खाना खुवाउने भएको छ । दिदिवहिनी महिला समुह यूके को सहयोगमा हप्ता दिनसम्म खाना खुवाइने भएको हो । सिमानामा भारतबाट र्फकने नेपालीको उद्धारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सुस्त भएका वेला प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीयल दलका नेता रावलले आफै खानको व्यबस्थापनमा जुटेका थिए ।

डा. रावलको आग्रहमा दिदिवहिनी महिला समुह यूकेले अर्थिक संकलन गरी दुई लाख र बराबरको खाद्यान्न सिमानामा निुशल्क खानाको व्यवस्था गरीरहेको रोयल कोलाबोरेटिभ्सका युवाहलाई हस्तान्तरण गरेको थियो । उक्त समुहले कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरुलाई खाना खुवाउदै आएको छ ।
पुर्वी कैलालीका क्वारेन्टाइनरु मा बसेका दिदिबहिनी र दाजुभाइहरुलाइ संक्रमणबाट बच्न ७० हजारको मास्क सहित जम्मा २ लाख दिदिबहिनी महिला समूह यूके बाट प्राप्त भएको थियो । सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले दिदिबहिनी महिला समूह युके लाई धेरै धेरै धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्ष गरेको बताए ।

भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरुले लकडाउनका कारण भोकभोकै आएपछि डा. रावलले सीमामा निशुल्क खाना व्यवस्था गरेका हुन् । प्रदेश सरकार अहिले लाचार भएको अबस्थामा बिभिन्न दाताहरुलाई सहयोगबाट नेपालीलाई सहयोग गरेको डा। रावले बताए ।
दिदिवहिनी महिला समुह यूकेले पहिलो चरणमा १ लाख ३० हजार बजेट पठाएपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा रण बहादुर रावलको पहलमा खाना खुवाईदै छ । डा. रावलले दिदिवहिनी महिला समुह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदि वहिनीहरुले पठाएको पैसामा करिब ८ हजार नेपालि नागरिकलाई खाना खुवाउन सकिने बताए । खाना खुवाउने सहयोगमो निन्तर २४ घण्टा लकडाउन अवधिभर रोयल कोलाबोरेटिभ्सका युवाहरु लागी परेका छन् ।
डा. रावलले प्रदान गरेको खाद्यान्न सिमानामा आएका नेपालीहरुलाई गुणस्तरी भोजनको व्यबस्था गर्ने रोयल कोलाबोरेटिभ्सका संयोजक गजेन्द्र शाही गज्जुले जानकारी दिए ।