२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाली भूमि अतिक्रमणको विरोधमा स्कटल्याण्डबाट भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

2262 Shares
Spread the love

स्कटल्याण्ड। भारतद्वारा नेपाली भूमि अतिक्रमणको विरोधमा स्कटल्याण्डका नेपालीहरुकोतर्फ बाट भारतीय राजदूतावास मार्फत भारतीय प्रधानमन्त्री मोदीलाई  बिरोध पत्र बुझाइएको छ ।

गैरआवासीय नेपाली संघ युकेको परिपत्र अनुसार गैरआवासीय नेपाली संघ युकेको उपाध्यक्ष मोहन कार्की, राज्य परिषद स्कटल्याण्ड अध्यक्ष छवि अर्याल लगायतको टोलीले पोष्ट अफिस मार्फत भारतीय राजदूतावासलाई बिरोध पत्र बुझाएको थियो । बिरोध पत्र बुझाउने कार्यक्रममा गैरआवासीय नेपाली संघ राज्य परिषदका पदाधिकारीहरु, फोर्थ भ्याली नेपाली एसोसिएसन, फाइफ नेप्लिज कम्युनिटी लगायत नेपाली संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बिरोध पत्रमा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भू भाग रहेको सुगौंली सन्धीमा पनि स्पष्ट उल्लेख रहेको हुँदा उक्त नेपाली भू भागहरुमा भएको अतिक्रमण निन्दनीय रहेको उल्लेख छ । नेपाल सरकारसंग द्विपक्षीय वार्ता गरि नेपाली भू भाग माथिको समस्याको समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिरोध पत्रमा आग्रह गरिएको छ।

प्रतिक्रिया