२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बियोगको पिडामा “हामी नेपाली जर्मनी “को आत्मीयसाथ 

3159 Shares
Spread the love

जर्मनी / राजनीति धर्म जात र वर्ग बाट माथि रहि सामाजिक सेवाको लक्ष्य राखि अमृत लामाको अध्यक्षतामा बिभिन्न क्षेत्रमा अनुभव र विज्ञता हासिल गरेको समुहबाट अमेरीकाको न्यू योर्क शहरमा मुख्यालय रहेको हामी नेपाली ग्लोबल नामक संस्थाले आफ्ना सामाजिक कामहरुलाई समय सापेक्ष अगाडी बडाउदै नेपालीहरुको मनमा आफ्नो स्थान बसाउन मानिसको ज़िंदगीमा हुने ३ प्रमुख कर्म संग पनी आफ्नो नितिलाई जोड्दै अगि बडी रहेको छ  ।

यसै क्रममा हामी नेपाली जर्मन च्याप्टरले जर्मनीमा बसोबास गर्दै आफ्ना ब्यवहार र बिचारले नेपाली समाजको अभिभावकत्व ग्रहण गरेर बसि रहनु भएका सबैका प्यारा मन मुटुमा बस्न सफल आदरणिय सेवा निवृत्त क्याप्टेन श्री डोर बहादुर गुरुङ ज्यूको धर्मपत्नी आशामाया गुरुङको स्वर्गारोहण भएकोमा गहिरो दुख र शोक ब्यक्त गर्नुका साथै स्वर्गीय आशामाया गुरुङज्यूको सम्झनामा संस्थाको निति अनुरुप ( बिभिन्न ब्यक्तिहरुबाट संकलन गरेर ) आज मिति ०५ जुन २०२० का दिन स्वर्गीय आशमाया गुरुङ ज्यूको अस्तु विसर्जन कार्यक्रममा हामी नेपाली जर्मनीको तर्फबाट अध्यक्ष श्री रण बहादुर साउदबाट श्रद्धांजली पत्र सहित युरो ५०० ( पाँच सय) गुरुंग परिवारलाई हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रम मा ग्लोबल का तर्फबाट निनाम्मा राई हामी नेपाली जर्मनी का उपाध्यक्ष श्री शंकर डागी , लगायत अन्यपदाधिकारी श्री कृष्ण प्रसाद गौतम मानकाजी नेपाली मदन दाहाल र राधा सिग्देल ( किरण) को पनि उपस्थिति रहेको थियो! सोहि अवसरमा नेपाली हरुको बाक्लो उपस्थिति रहेको NRW मा ( नेपाली हरुको सांस्कृतिक धार्मिक र अन्य सबै खाले सवा सम्मेलन र कृयाकलाप गर्ने मिल्ने स्थानको खोजि गरी गरी सबैजना मिलेर (नेपाल सेन्टर)( Multi Functional Center) स्थापना गर्ने प्रण पनी गरीएको छ ।

https://www.youtube.com/watch?v=00xDiiPDuNA&t=4s

प्रतिक्रिया