लन्डन । बेलायतस्थित झन्डै एक दर्जन संस्थाहरुले रुकुम पश्चिममा दलित समुदायमाथि भएका हिंसात्मक घटनाको निन्दा गर्दै दोषीहरूलाई कडा कारवाही गर्न माग गरेका छन् ।
एक विज्ञप्तिमा ती संस्थाहरुले गत २३ मे २०२० मा पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी विषयलाई लिएर सिंगै गाउँ मिलेर २१ वर्षे नवराज विक र उनीसंगै गएका पाँच जना दलित तथा गैरदलित युवालाई लखेटी लखेटी निर्मम यातना दिइ हत्या गरेको खबरले बेलायतवासी नेपाली स्तब्ध भएको जनाएका छन् ।
“एक्काइसौं शताव्दीमा पनि यस्तो बर्बर जातीय हिंसा भड्किनुले विश्वसामु नेपाली समाज, संस्कृति र सभ्यताकै बेइज्जती भएको तर्फ ध्यान आकृष्ट गर्न चाहन्छौं । विगतका धेरै जातीय छुवाछुत र यातनाका जस्तै यो जघन्य घटनामा संलग्नहरू पनि राज्यले जोगाउँने आशंकामा देशभरिका दलित समुदाय आन्दोलित भएका छन्। एक प्रकारले मुलुककै प्रतिष्ठासंग जोडिएको घटना हुनाले पनि यसको निस्पक्ष छानबिन र अनुसन्धान गरी यथासक्य छिटो अपराधीहरूलाई कानून बमोजिम दण्डसजाय गराउन हामी नेपाल सरकार र अन्य सम्बन्धित निकायहरूलाई विशेष माग राख्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ।
“नेपाल सरकारलाई देशको संविधान र कानुन तथा यसले अनुमोदन गरेका अन्तर्रास्ट्रिय मानवअधिकार संयन्त्र (विशेषत: ‘सवै प्रकारका जातीय भेदभाव विरुद्ध’ को अनुबन्ध) लाइ सम्मानगर्दै विभेदका कारण उच्च जोखिममा रहेका दलित समुदायको संरक्षण र विकासको निम्ति अविलम्ब विशेष पहल गर्न जोडदार माग गर्दछौं। नेपाल सरकारलाई देशको संविधान र कानुन तथा यसले अनुमोदन गरेका अन्तर्रास्ट्रिय मानवअधिकार संयन्त्र (विशेषत: ‘सवै प्रकारका जातीय भेदभाव बिरुद्ध’ को अनुबन्ध) लाई सम्मान गर्दै विभेदका कारण उच्च जोखिममा रहेका दलित समुदायको संरक्षण र विकासको निम्ति अविलम्ब विशेष पहल गर्न जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विज्ञप्ति प्रकाशित गर्ने संस्थाहरु :
सृजनशील नेपाली समाज, बेलायत_श्री शेर सुनार/श्री भक्त बहादुर दर्जी
नेपाल पत्रकार महासंघ बेलायत_श्री दिनेश परियार
विश्वकर्मा कल्याण समाज (Biswakarma Welfare Society)_श्री चन्द्र बहादुर सुनार
दलित आत्म-रक्षा अभियान (Dalit Self-Defence Campaign)_डा मित्र परियार
नेपालको लागि अन्तर-रास्ट्रीय ऎक्यबद्धता (International Solidarity for Nepal, INSOFN)_डा. कृष्ण उपाध्याय
नेपाली वेलफेयर सोसाइटी–श्री धन बहादुर सार्की
नेप्लिज अप्रेस्ड सोसाइटी (नोप्स) युके – श्री डिलु नेपाली
विश्वकर्मा हेल्पिङ ह्याण्ड वर्ल्डवाइड_ श्रीकृष्ण गहतराज
रामेछाप समाज, बेलायत _श्री बुद्ध बराइली
सयपत्री नेपाली समाज, बेलायत– श्री दिलिप मोहोरा
संगम नेपाल समाज_श्री बुद्धिमान परियार