२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

जन्मदिनको अवसरमा खरेलद्वारा एक सय ५८ परिवारलाई खाद्यान्न सहयोग

2702 Shares
Spread the love

लण्डन । धादिङ र चितवनका एक सय ५८ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। चितवन स्थायी घर भई बेलायतमा रहेका विष्णु खरेलले खाद्यान्न सहयोग गरेका हुन् ।

धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ माथिल्लो रामपुरमा ६८ परिवारमा एक लाख ५० हजार रूपैंयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

एनआरएनए युकेका सल्लाहकार राजन खकुरालको संयोजनमा सोमबार धादिङका ६८ विपन्न परिवारलाई करिब एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरिएको हो । यस्तै कोरोना महामारीपछि लकडाउनका बेला कामविहीन रहेका चितवन कालिका नगरपालिकाका ९० घरका चेपाङलाई पनि खाद्यान्न सहयोग गरिएको छ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका सांसद बलराम पौडेललगायतले उक्त खाद्यान्न विपन्न परिवारलाई हस्तान्तरण गरेका हुन् ।

खरेलले आफ्नो जन्मदिनमा बेलायतको ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा टेकअवे च्यारिटी आयोजना गरी त्यस दिन रेष्टुरेन्टको कमाइसहित संकलित १८ सय एक पाउण्ड विपन्न परिवारलाई खाद्यान्न सहयोगमा खर्च गरेको बेलायतबाट राजन खकुरेलले बताए ।

उनले यसअघि फेसबुकमा ‘जस्ट गिभिङ’ मार्फत् पनि सात सय ४३ पाउण्ड जुटाएका थिए। दुवै माध्यमबाट उनले कूल २५ सय ४४ पाउण्ड (करिब तीन लाख ७० हजार) उठाएका थिए ।

प्रतिक्रिया