1089
Shares
लण्डन । बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६७ पुगेको छ ।
लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले सो कुरा पुस्टि गरेका हुन् । उनका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमध्ये ५६ जना पुरुष र ११ महिला छन् ।
उनीहरुमध्ये ५६ जना भूपू गोर्खा र उनीहरुका परिवारका सदस्यहरु रहेका छन् । दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संघसंस्था र स्थानीय काउन्सिलहरुसंगको समन्वयमा तथ्यांक संकलन गरिएको बताएको छ ।