२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

मोदीलाई भेट्न क–कसले हाले बिन्तिपत्र ?

2392 Shares
Spread the love

काठमाडौं, १४ भदौ । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरूले लबिङ गरेका छन् ।

मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहरूको बुझाइ छ । पार्टीका नेताहरूलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ ।

मोदीसहितको रिसेप्सन पार्टीमा मोदीसँग विशेष कुराकानी गर्ने योजना अध्यक्ष मण्डलका नेताहरूले बनाएको पार्टीका एक नेताले बताए । कारोबार दैनिकले समाचार छापेको छ ।

मोदीसँग अध्यक्ष मण्डलका शीर्ष नेताहरूको सामूहिक भेट हुने वा केही अध्यक्ष विशेषसँग भेट हुने यसबारे निर्णय भइनसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया