२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चितवनका चेपाङ समुदायलाई समाजसेवी विष्णु खरेलद्वारा राहत वितरण ( फोटोसहित )

2262 Shares
Spread the love

लण्डन । पश्चिम चितवनका हाल बेलायतमा रहेका युवा व्यवसायी तथा समाजसेवी विष्णुले चितवनको पहाडी क्षेत्रमा रहेका चेपाङ समुदायलाई सहयोग गरेका छन् । उनले विपन्न चेपाङहरुको ९० परीवारका लागि लागि १ महिना पुग्ने खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।

कोभिड १९ का कारण समस्यामा परेका कालिका नगरपालिकामा रहेका चेपाङ समुदाय सो राहत आज नेपाली कांग्रेस चितवनको सभापति जीतनारायण श्रेष्ठसहित ३ नम्बर प्रदेश सांसद बलराम पाैडेल, सूर्यहरी मरहठ्ठा, विष्णुहरी अधिकारी (केशव), समाजसेवी गाेकुल र विष्णु खरेलका बुवा चुडामाणि खरेल, आमा चन्द्रकला खरेल, अर्जुन ढकाल, विन्दु पाैडेल, रामु खरेल, चेतराम गैरेलगायतले राहत प्रदान गरेका हुन् ।

कालिका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हेम बहादुर क्षेत्रीले विपन्न चेपाङहरुको लागि गरीएकाे राहत वितरण उदाहरणीय भएकाे बताउँदै उहाँले खुशी व्यक्त गरे । हालसम्म चेपाङ बस्तीमा बाँडीएकाे राहत मध्ये याे सबै भन्दा धेरै वितरण गरिएकाे राहत भएकाे समेत उनले बताए ।

राहत पाउने बाबुराम प्रजा र कुशुम प्रजाले एक महिनासम्म पुग्ने राहत पाएकाे भन्दै जन्मदिनकाे अवशरमा राहत वितरण गर्ने युवा व्यवसायी तथा समाजसेवी विष्णु खरेललाइ धन्यबाद दिएका थिए ।

सो सहयोग रकम संकलनका लागि खरेलले बेलायतको ग्रेसटस्थित आफ्नो ‘बेलिफ रेष्टुरेन्ट’ मा गत सोमबार ‘टेक अवे च्यारिटी’ आयोजना गरेका थिए । उक्त च्यारीटी कार्यक्रममा १८ सय १ पाउण्ड रकम संकलन भएको थियो । यसैगरी फेसबुकमा ‘जस्ट गिभिङ’ मार्फत पनि उहाँले ६ सय २३ पाउण्ड संकलन भएको थियो । बेलायतमा रेष्टुरेन्ट व्यवसायका साथै इमिग्रेसन एड्भाइजरका रुपमा समेत काम गर्दै आएका खरेल पछिल्लो समय सामाजिक क्षेत्रमा पनि निकै सक्रिय छन् ।
उनले केहि महिनाअघि आफ्नो छोरीको जन्मदिनमा पनि विपन्न परिवारका तीन विद्यार्थीलाई वर्षभरको अध्ययनका लागि ५० हजार रकम सहयोग गरेका थिए ।  भने छोराको जन्मदिनमा क्याट यूकेको कोषका लागि १६ सय ९० पाउण्डको सहयोग प्रदान गरेका थिए । बुद्ध फाउण्डेसन यूकेका लगायतका विभिन्न सामाजिक सस्थामा पनि उनले विभिन्न सहयोग गर्दे आएका छन् ।

प्रतिक्रिया