२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सामाजिक सेवामा जीवन समर्पित गरेका दाहाल भन्छन् मानवसेवा नै धर्म हो

2847 Shares
Spread the love

लण्डन । “जब म सानो थिएँ मेरो बुबाआमाले मलाई सधै भन्नु हुन्थियो, जीवन जिउनुको अर्थ खुसी हुनु हो । ” यही मूल मन्त्र शिरोपण गरेर जीवन निर्वाह गरिरहेका कगेस्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवी बालकृष्ण दाहाल, विभिन्न सामाजिक कार्यमा सक्रिय देखिन्छन । हाम्रो एक अन्तर्वार्तामा उनले भनेका छन्,”खुसि बास्तबमै सामाजिक कार्यमै पईदो रहेछ, चाहे त्यो आफू हुर्केको ठाउँ होस् या अरु कुनै स्थान, मानव मानव नै हुन्। उनीहरुको सेवा गर्दा जुन आनन्द मिल्छ सायदै त्यो अरु कुरा बाट पाइदैन ।

सन् २००१ बाट बेलायतको रेडिङ्गमा बसोबास गर्दै आएका दाहाल, ‘Penny For Nepal’ का संस्थापक सदस्य तथा बोर्ड मेम्बेर पनि रहेका छन्। साथै उनी रेडिङ्ग समाजका पनि सक्रिय सदस्यका रुपमा चिरपरिचित छन्। उनि बेलायतमा रहे पनि आफ्नो संस्थाको मार्फत र व्यतिगत रुपमा सधैँ नेपाल र नेपालीहरुको सहयोग गरिरहेका छन्। उनको संस्थाले नेपालका विभिन्न छेत्रमा सेवा र सहयोग गर्दै आएको छ। नेपालमा विनासकारी भुकम्प आउँदा, बाडी पहिरो आउँदा, या अरु कुनै प्राकृतिक प्रकोप आउँदा आफ्नो संस्थाको मार्फत ठुलै रकमको सहयोग गर्दै आएको छ। हालसालै उनकै संस्थाको सहयोगमा चितवनको चेपांग बस्तिमा एउटा बिद्यालयको निर्माण समेत प्रारम्भ गरेको छ । दाहाल भन्छन् ” हाम्रो संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र अरु विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।“

साथै नेपालमा विभिन्न समयमा आइपरेका विपदको घडीमा पनि आफ्नो उदार मन र समाजभाव उनीमा सदैव देखिन्थ्यो। नेपालमा वाडी पहिरो या भुइचालो जादा होस् या आफ्नो समाजमा विभिन्न कार्य गर्दा होस् उनको कदम सधैं एक पाइला अगाडी नै देखिन्थ्यो। दाहालले आफू हुर्केको ठाउमा बिरभद्र कुण्ठ(मन्दिर) निर्माण गर्न व्यतिगत ५०,००० सहयोग गरेका थिए ।
साथसाथै आफ्नो वडामा निर्मित क्रियापुत्री भवनमा आजीवन पानीको व्यवस्था गरिदिने प्रण समेत गरेका छन्। यसका साथै, कागेस्वोरी मनोहरा नगरपालिका वडा नं ८ मा अवस्थित तेजबिनायेक स्कूलमा संस्था र व्यक्तिगत संकलनबाट लाइब्रेरी स्थापना गरिदिएका थिए। बाल-बालिकाले राम्रो शिक्षा पाउन भन्ने उदेश्यले ज्योति नेपाल ट्रस्टका बालबालिकालाई कापीकलम पनि सहयोग गरेका थिए ।

बेलायतमा विभिन्न च्यारिटी कार्यक्रम आयोजना गरी नेपालमा साररीक रोगको उपचार गर्न नसक्ने व्यक्तिको पनि उपचारमा सहयोग पुर्याएका छन् । महेश्वर कोइराला नामक एक व्यक्तिको मिर्गौलामा समस्या देखा परे पछि उनको उपचारका लागि भनेर संस्था र व्यक्तिगत संकलनबाट १,५०,००० नगद सहयोग गरेका थिए। कृष्ण ओली जो सानै उमेरमा कामको सिलसिलामा आफ्नो दुवै हात गुमाउन पुगे , उसको लागि संस्था र व्यक्तिगत सहकार्यबाट १,४२,००० सहयोग गरि ओलीलाई कृत्रिम हात हाल्न सहयोग पुर्याएका थिए ।

बेलायतबाट दाहाल र अमेरिकाबाट सुनिल थापाको सक्रियतामा नेपालमा उपचारत राजेन्द्र बहादुर भुजेललाई टाउकोको अपरेसन गर्न ने. रु. २,१२,५०० नगद सहयोग हस्तान्तरण गरेका थिए। बाल कृष्ण दाहाल र उनको पत्नी ममता कार्की दाहालले आफ्नो जन्मदिन र विबाह उत्सवको छुट्टा छुट्टै अवसर पारि ‘मनाबसेवा आश्रम’, बिरगंजमा भोजन सेवा समेत गरेका गरेका थिए। उनको संस्थाले नेपालमा रहेका अनाथ बालबालिकालाई हेरविचार पनि गरिरको छ। काठमान्डौको गोठाटारमा बसोबास गर्दै आएकी बिष्णु सिलवाललाई क्यान्सर उपचारार्थ रु ५००० सहयोग गरेका थिए। यो संगै महाविर पुनले संचालन गर्दै आएको राष्ट्रिय आविस्कार केन्द्रलाई पनि नगद सहयोग गरेका थिए ।

गत वर्ष आफ्नो छोरीको जन्मदिनमा नेपालका बाडी पिडितलाई नगद २५,००० सहयोग गरेका थिए । अहेले बिश्वमा फैलिरहेको महामारी कोभिड-१९ भाइरसको रोकथाम र उचारका निम्ति दाहालले गोठाटार स्थित आफ्नो ६ तले निजि निवास क्वारेन्टिनकालागि दिने समेत घोसणा गरेका थिए। साथै यो रोगको नियंत्रणका लागि उनले गोकर्णेस्वोर र कागेस्वोरी मनोहर नगरपालिकालाई छुट्टा छुट्टै बिसबिस हजार सहयोग गरेका छन्। साथै आगामी दिनमा पनि परिआएमा अरु पनि सहयोग गर्न पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।

दाहाल भन्छन्, ” हामीले मानव जीवन पाएपछि हामीमा मानवता जीवित राख्नु पर्छ, हाम्रो सानो सहयोग अरुका लागि बहुमुल्य हुन सक्छ। आगामी दिनमा पनि येस्ता सामाजिक उत्तरदायित्व आत्मासाथ गर्दै आफ्नो देश र जनतालाई सदैव सहयोग गर्ने प्रतिबद्धता गर्दछु । साथै बेलायतमा उनलाई प्रतक्ष्य सहगोय गर्ने सहयोगी मनप्रति कृतज्ञता अर्पण गर्दछु । “

प्रतिक्रिया