२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

स्याङ्जा समाज युकेद्वारा सहयोग

1983 Shares
Spread the love

लण्डन । स्याङ्जा समाज युकेको बिधान निर्माण र स्याङ्जालाई थप सहयोग गर्नेसम्बन्धी मिटिङ मे २४ मा अनलाइनमा सम्पन्न भएको छ । जुममा भएकोउक्त मिटिङमा अध्यक्ष सार्दा गुरुङ , उपाध्यक्ष भरत गुरुङ, महासचिवबलराम ढकाल , प्रेस संयोजक इन्जिनियर राम राज शर्मा , एनआरएनका सकृय अभियन्ता तथा अन्तरराष्ट्रिय स्याङ्जा समाजका उपाध्यक्ष थर्कसेन लगायत २४ जनाको सहभागीता थियो ।

कोभिड -१९ का कारण बेलायतमा रहेका सम्पूर्ण स्याङ्जाली समुदायलाईपारीआएमा सहयोग गर्ने , बिद्यार्थीहरुलाई बिशेष सहयोग गर्ने र स्याङ्जाजिल्लामा इमर्जेन्सी अवस्था पर्दा निरन्तर सहयोग गर्ने गरी स्याङ्जासहयोग समाज बेलायतको गठन गरिएको थियो ।    

कोभिड -१९ बाट सिर्जित समस्याले स्याङ्जाका श्वास्थ संस्थाहरुमा सहयोगको आवश्यकता परेको हुनाले अन्तरास्ट्रिय स्याङ्जा समाजकोनेत्रित्वमा रहेर बेलायतको स्याङ्जा समाजले १ लाख १ हजार रुपैयापिपीइ खरिद गर्नको लागी जिल्लामा पठाइसकेको छ । उक्त सहयोगअपर्याप्त भएको र थप सहयोगको आव्हान आएको हुनाले बेलायतबाटथप केही रकम पठाउने तयारी पनि भएको छ ।

नयाँ बिधान कस्तो बनाउने , कार्य समिती कस्तो बनाउने , सदस्यता बृद्दीगर्दै बेलायतमा रहेका सम्पूर्ण स्याङ्जालीहरुलाई उक्त संस्थामा कसरीसम्मिलित गराउने भन्ने बिषयमा गहन छलफल भएको थियो । भर्खरै गठनभएको संस्ठामा उल्लेख्य मात्रामा सहयोग रकम उठेको र थप रकम जम्मागर्दै भैपरी आउने समस्यामा स्याङ्जा जिल्लालाई सहयोग गर्ने कुरासंस्थाका अध्यक्ष सार्दा गुरुङले बताउनु भयो ।

जिल्ला भरिका सबै जात जाती र बेलायतमा रहेका सबै सबैजसो गाँउकासदस्य रहेको उक्त संस्थामा मेजर द्वय लक्ष्मी प्रशाद गुरुङ र लील बहादुरगुरुङले सकृय योगदान दिइरहनु भएको छ । स्याङ्जा जिल्लालाई सक्दोसहयोग गर्दै उक्त सहयोगको जानाकारी नेपाली राजदुताबासमाजानाकारी गराउने निर्णय गर्दै बैठक समापन गरएको थियो ।

 

प्रतिक्रिया