1620
Shares
लण्डन – कुनै बेलाको लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्कीले कोरोना भाइरसलाई जितेका छन् ।
झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्कीले फेसबुकमा आइतबार एउटा तस्विर शेयर गर्दै आफुले विश्वभर फैलिएको कोरोनालाई जितेको जानकारी गराएका छन् ।
कोरोना पुष्टी भएपछि उनी लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा बस्दै आएका थिए ।
लण्डनमा कोरोना भाईरसका कारण दिनहुँ नेपालीमा कोरोना संक्रमण देखा पर्ने थालेपछि सुवास कार्की बेलासेलाई साथीहरुले नेपाल फर्कन आग्रह समेत गरेका थिए ।
कार्कीलाई करिव २ हप्ताअघि कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको निगरानीमा लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बस्दै आएका थिए ।