२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतमा रहेका राजनीतिक दलका भातृ संगठनहरुले भारतीय हाइ कमिसनमा पठाए संयुक्त विरोधपत्र

1813 Shares
Spread the love

तस्विर : शिव भण्डारी


लन्डन । प्रवासी नेपाली एकता मञ्च (ओएनयूएफ)यूके नेपाली जनसम्पर्क समिति यूके,राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीको संयुक्त टोलीले बेलायतस्थित भारतीय हाई कमिशनलाई सीमा अतिक्रमणको विरोधपत्र संयुक्त रुपमा पठाएका छन् । यो विरोधपत्रसँगै राष्ट्रियताको सवालमा नेपालका सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएको सन्देश गएको छ ।

बेलायतस्थित नेकपानिकट प्रवासी नेपाली एकता मञ् ओएनयूएफका अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क समिति यूकेका अध्यक्ष युवराज गुरुङ, बेलायतस्थित राप्रपाका अध्यक्ष रोशन सापकोटा जनता समाजबादी पार्टीका अध्यक्ष चन्द्र गुरुङसहितको सयुक्त उपस्थितिमा आज शुक्रबार रेनसलेनमा रहेको पोष्ट अफिसमार्फत् भारतीय हाई कमिशनलाई विरोधपत्र संयुक्तरुपमा पोस्ट गरेका हुन् ।

सो विरोधपत्र बेलायतस्थित भारतीय हाई कमिशन हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पुग्ने बताए । बेलायत सरकारद्वारा तोकिएको सामाजिक दूरी कायम राखी राजनीतिक दलको भातृसंस्थाका नेतृत्व तहमा रहेका व्यक्तित्वको सहभागीतामा विरोधपत्र हुलाकमार्फत पठाएको हो ।

बेलायत सरकारको गाइडलाइन अनुसार सोसियल डिस्ट्यासिङ कायम गरी संक्षिप्त प्रतिक्रिया दिँदै राजेन्द्र पुडासैनीले राष्ट्रिय एकतासहित प्रधानमन्त्रीले सीमा अतिक्रमणको विरोधमा उभिएको साथ दिनु पर्ने बताए । नेपाल र भारतीय जनताको सद्भाव लिएर अघि बढ्ने उनले बताए । ‘प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता गर्नु पर्छ’, ओएनयूएफ युकेका अध्यक्ष राजेन्द्र पुडासैनी भने, ‘यसका लागि हामी एकै ठाउँमा छौँ । त्यसैले हामीले संयुक्त रुपमै विरोध गरेका हौं ।’

एनपिसिसी अध्यक्ष युवराज गुरुङले सीमा अतिक्रमण कुटनीतिक माध्यमबाट चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने बताए । ‘मातृभूमि अतिक्रणविरुद्ध बेलायतमै भएपनि राष्ट्रियताका लागि एक ठाउँमा उभिएको छौं,’ उनले भने, ‘यसका लागि कुटनीतिक पहल पनि आवश्यक छ ।’ एनएसयूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ सुगौली सन्धी अनुसार तत्काल जमिन फिर्ता गर्न आग्रह गरे । ओएनयूएसका संस्थापक अध्यक्ष रोशन सापकोटाले सीमा अतिक्रमणको विरोध गरे ।

प्रतिक्रिया