२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोनाले लियो कुवेतमा एक नेपालीको ज्यान

2455 Shares
Spread the love

कुवेत । खाडीमुलुक कुुवेतमा एक नेपालीको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गएको छ । विगत १८ वर्षदेखि कुवेतमा रोजगारी गर्दे आएका किर्तिपुर नगरपालिका–पाँगा काठमाडौँका ३९ वर्षीय विकास महर्जनको कोरोना भाइरसको कारण मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उनको मृत्यु गएको मे १६ तारिख शनिबारका दिन भएको हो । उनको मृत्यु शनिबार भएतापनि कोरोनाकै कारण मृत्यु भएको भन्ने पुष्टि शुक्रबार मात्रै भएको दूतावासले जनाएको छ ।

उनको उपचारको क्रममा अस्पतालको आइशोलेशन वार्डमा मृत्यु भएको दूतावासको भनाइ छ ।

प्रतिक्रिया