२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सेप्टेम्बर अन्तिम साता कोरोना भाइरस संसरबाट विलय हुने ट्यारोट कार्ड रिडर ढकालको भविष्यवाणी

3203 Shares
Spread the love

लण्डन । कोरोना भाइरसबाट सिर्जित नयाँ रोग कोभिड १९ बाट अहिले विश्व आक्रान्त छ । चीनबाट शुरु भएको यो रोगले अहिले महामारीको रुप लिएको छ र अहिले यसको संक्रमण विश्वभर फैलिसकेको छ । एक तथ्यांकअनुसार यस रोगले हालसम्म छुन बाँकी विश्वमा १५ वटा देश छन् । पछिल्लो समयमा युरोप र अमेरिका यो महामारीको केन्द्र बनेका छन् । ती देशमा बसोबास गर्ने नेपालीहरु पनि यो रोगको शिकार भएका छन् ।

ट्यारोट कार्डको प्रयोग गरि मानिसहरूको भविष्यवाणी गर्ने यूरोपकै सम्भवतः पहिलो नेपाली चेलि क्षमता ढकालले कोरोना भाईरसको भविष्यवाणी गरेकी छिन् । ट्यारोट कार्ड मार्फत भविष्य हेर्ने एवं वास्तु शास्त्रको परामर्श दिने ढकालले चाडैनै कोरोना भाईरस यो संसरबाट विलय हुने दाबी गरेकी छिन् । उनका अनुसार कोरोन भाईरसको प्रकोप जून ३० सम्म एकदम खतरनाक रुपले अघि बढ्ने र सेप्टेम्बर अन्तयमा भाईरस यो संसरबाट विलय हुनेछ ।


के हो ट्यारोट कार्ड ?

हरेक मानिसहरुले आफ्नो भविष्य सुन्दर होस भन्ने चाहा राखेको हुन्छ तर भविष्य कस्तो हुने हो त्यो सहज रूपमा थाहा हुने विषय होईन।आजको वैज्ञानिक युगमा जो कसैले पनि भन्न सक्ने भनेको मिहेनेत गरे पछि त्यसको परिणाम राम्रो हुन्छ भन्ने हो । कहिले काहि कोहि मानिस हरूलाई निरन्तर काम गरि रहदा वा व्यापार ब्यवसाय गर्दा त्यसको भविष्य कस्तो होला भनेर जान्ने उत्सुकता हुन्छ त्यसको लागी हाम्रो पूर्विय समाजमा ज्योतिष संग परामर्श लिनु कुनै नौलो कुरा होईन । आम सर्बसाधारणका साथै बिभिन्न प्रशासनिक अधिकृत देखी मन्त्री,प्रधानमन्त्री समेत आफ्नो भविष्यको बारेमा जान्न प्रसिद्द ज्योतिषहरूकहा पुगेका समाचार हरू हामी बेला बेलामा सुने देखेका छौ ।

यस्तै भविष्यकै बारेमा जानकारी गराउन ट्यारोट कार्डको माध्याम बाट पनि भविष्यवाणी गर्ने चलन यूरोपमा पनि छ । ट्यारोट कार्ड मार्फत भविष्यवाणी गरि आफ्नो परिचय बनाउन सफल क्षमता ढकालले व्यापार ब्यावाय, पारिवारिक जीवन, प्रेम बिछोड लगायत जीवनमा आउन सक्ने सहज एवं चुनौतीपूर्ण समयको वारेमा भविष्यवाणी गर्ने गर्छिन । उनका अनुसार यो आफैमा ज्योतिष सास्त्र चाही होईन तर दैबिक शक्तिपूर्ण ट्यारोटकार्ड बाट गर्ने गरेको भविष्यवाणी उनकै भनाइमा नब्बे प्रतिशत मिल्ने गरेको छ। भविष्यवाणीको साथ साथै उनले मानिसको जीवनमा आइपरेका समस्याहरूको समाधानको लागी पनि ट्यारोटकार्डको माध्याम बाट शुभ अशुभ पत्ता लगाई जीवनलाई आनंदित बनाउनको लागी आवश्यक परामर्श दिने गरेकी छन ।पेशाले नर्स क्षमता अहिले वास्तु शास्त्रको पनि परामर्श दिने गर्दछिन  ।

प्रतिक्रिया