२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

माल्टाको छानविन प्रक्रिया सुरु,सरोकारवालाहरुलाई सहयोगको अपिल

1057 Shares
Spread the love

बार्सिलोना । एनआरएनए युरोप संयोजकको नेतृत्वमा गठित माल्टा छानविन समितिले सरोकारवालालाई सहयोगको लागि अनुरोध गरेको छ। माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको समाचार बाहिरिएपछि समितिले छानविनको प्रक्रिया अघि बढाएको छ ।

no text

समितिले बुधबार सूचना प्रकाशित गर्दै “दोषी नउम्किउन र निर्दोष नफसुन” भन्ने अबधारणा सहित निष्पक्ष छानबिन गर्ने प्रतिवद्वता ब्यक्त गरेको छ। क्षमता र श्रोतले भ्याएसम्म निष्पक्ष र पारदर्शी रुपमा छानबिनलाई गति दिने जनाएको छ। “हाम्रो गौरवपूर्ण संगठनको छवीलाई उचो राख्ने काम गरी काम गर्ने बचन बद्वता जाहेर गर्दै सम्पूर्ण सरोकारवालाहरुलाई आफुलाई परेको अप्ठारो तथा सुचना केहि भए ईमेल वा फोनमा जानकारी गराई छानविन प्रक्रियामा सहयोग पुर्याई दिनुहुन हार्दिक अपिल गर्दछौ।” सूचनामा उल्लेख छ।

प्रतिक्रिया