२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

जनसम्पर्क समिती बेलायतका सभापति गुरुङले चेपाङ बस्तीमा ३ सय बोरा चामल सहयोग गर्ने

4597 Shares
Spread the love

चितवन : नेपाली जनसम्पर्क समिति यूकेले चितवनको इच्छाकामना गाउँपालीकालाई ३ सय बोरा चामल सहयोग गर्ने भएका छन् ।

जनसम्पर्क समिति सभापति युवराज गुरुङले इच्छाकामना गाउँपालिकाका मजदूर र चेपाङ बस्तीका मानीसहरु लकडाउनको कारण बिहान बेलुका छाक टार्न समस्यामा परेकाले सोही गाउँपालीका र स्थानीयबासी तथा यूके बसोबास गर्दै आउनुभएको विनय अधिकारीको आग्रहमा सहयोग गर्न लागिएको जानकारी गराए ।

सभापति गुरुङले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धताबमोजीम गाउँपालीकाको पत्र प्राप्त भएकाले छिट्टै सहयोग गरिने बताए ।

सभापति गुरुङले तीन सय बोरा चामाल वरावरको खाद्यान्न सहयोग गरिने समेत जानकारी गराउनुभयो । सो सहयोग नेपालमा रहनु भएको विनय अधिकारीको रोहवरमा वितरण गरिने पनि सभापति गुरुङले बताए । 

No
गाउँपालीकाको पत्र

 

 

प्रतिक्रिया