२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतबाट नेपाल फर्किन चाहनेहरुको नामावली संकलन अभियान : एक मार्गचित्र

2421 Shares
Spread the love

लण्डन। गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले कोरोना भाईरस को प्रभावले बेलायतबाट नेपाल जानबाट बन्चित हुनुभएका नेपाली हरुको नामावली संकलन कार्य शुरु गरेको जनाएको छ। यस नेपाल फर्काउ अभियानको सम्योजन एनआरएनए यूके उपाध्यक्ष राम चन्द्र पोखरेलले गर्दैछन ।

एनआरएनए यूकेद्वारा प्रेषित एक बिज्ञप्तिमा भनिएको छ – कोरोना भाईरस को यस विषम परिस्थितिले सिर्जना गरेको असहजताले हाम्रा कैयौं नेपाली बुबा, आमा, दाजुभाई तथा दिदीबहिनीहरु आफ्नो परिवार तथा आफन्तहरु सँग पुनर्मिलन हुन वा आफ्नो मातृभूमि फर्कन बाट बन्चित हुनु परेको छ ।

यस अभियानको मूल उद्देश्य बेलायतमा बसोबास गर्ने गैर आवासिय नेपाली, बेलायतमा भ्रमण गर्न आउनुभएका नेपाली, बिद्यार्थीहरुका साथै अन्य कामले बेलायत आउनु भएका नेपालीहरु नेपाल जान चाहनुभएको तर कोरोना भाईरस को कारण नेपाल जानबाट बन्चित हुनु भएको भए उहाँहरुको नामावली संकलन गरि नेपाल सरकार, नेपाली एम्बेसी, ट्राभल कम्पनि, एयर लाईन्स एवं अन्य सरोकार वालाहरु संग समन्वय गरि नेपाल जान सहजीकरण गर्ने भन्ने हो ।

कोरोना भाईरस बाट प्रभावितहरुलाई विभिन्न माध्यमबाट राहत एवं अन्य सहयोग गरिरहेको र यस अभियानलाई अझ शसक्त बनाउन मातृभूमि फर्काउ अभियान अन्तर्गत यो कार्य शुरु गरिएको हो। नेपाल जान चाहनेले आफ्नो नामावली यो लिंकमा Online Form क्लिक गरेर एनआरएनए यूकेलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

एनआरएनए यूकेले सुरु गरेको यो अभियानमा सर्बप्रथम नामावलि सँकलन गरिनेछ, सँग सँगै नेपाली दूतावास लन्डन मार्फत र एनआरएनए को आफ्नै प्रत्यक्ष पहलमा नेपाल सरकारलाई एनआरएनए यूकेसँग भएको नेपाल जान अत्याबश्यक भएका नेपालीहरुको संख्या उपलब्ध गराउँदै स्थितिको जानकारीका साथ उद्दारका लागि सकेको पहल गरिने र टिकट बुकिङ खर्च यात्रुले ब्यहोर्नु पर्न जानकारी यस अभियान सम्योजन गरिरहेका एनआरएनए यूके उपाध्यक्ष राम चन्द्र पोखरेलले नेपाल संसारलाई बताए ।

प्रतिक्रिया