२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गैर आवासीय नेपाली संघ केन्द्रिय अध्यक्ष पन्तकै देश जर्मनमा आर्थिक हिनामिना ( भिडियो )

2563 Shares
Spread the love

युरोप । आर्थिक हिनामिनाको विवादमा फस्दै आएको गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त रहेको देश जर्मनमा पनि आर्थिक हिनामिना भएको खुल्नमा आएको छ । हिनामिना र अन्य पोल खुल्ने बुझे पछि पत्रकार महासंघ युरोपले आयोजना गरेको कोरोना भाइरस सम्बन्धि बहस कार्यक्रममा एन आरएन जर्मनीका अध्यक्ष नआएको जर्मनका एनआरएन अभियन्ताहरुले बताएका छन् ।

जर्मनी एनआरएनमा आर्थिक हिनामिनाको बारे त्यहाँका एक अभियन्ताका अनुसार चुनाव ताका दर्ता भएका २०३९ सदय्स्ता बनाएकोमा सदय्साताको १५ युरोको डरले रकम उठाईएको थियो । केन्द्रमा ५ युरोको दरले सुल्क पठाईएको भएपनि बाँकी १० युरोको खातामा कुनै पनि हिसाब किताब नदेखाईएको भन्दै गम्भीर आरोप लागेको छ ।

संघको केन्द्रमा पनि आर्थिक प्रतिवेदन पास गर्न नसकी अवैधानिक तरिकाले चलेको साथै बेलायत, अस्ट्रेलिया लगायतका देशमा अत्याधिक खर्च गरेर गैर चुनाव भएका , आर्थिक अनियमितताका घटनाहरु मिडियामा आएका छन् ।

गैर आवासीय नेपालीहरुको ठुलो रकम उठाएर हायात होटेलमा अनावस्यक पैसाको खोलो बगाईएको उक्त रकम परोपकारीकाम मा खर्च गर्न सकिने भन्दै गैर आवासीय संघ अनावस्यक प्रचारवाजी र राजनीतिक खिचातानिमा लागेको भन्दै गैर आवासीय नेपालीहरु माझ संघ प्रति बितृष्णा जगाउनेकाम भएको भन्दै यसका अस्सल अभियन्ताहरुले आलोचना गर्न थालेका छन् ।

यस्तै गरेर पत्रकार महासंघ युरोपको एक अनलाइन कार्यक्रममा संघप्रति चासो राख्ने एक एनआरएन अभियन्ताले कोरोनाको बिपत्तिमा पनि कुनै उलेख्य गतिबिधि गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाली जनसम्पर्क समितिले जर्मनीले अग्र पन्गतीमा रहेर त्यहाका बिद्यार्थी साथै नेपाल सम्म राहतको कर्यक्रम गरेको जर्मनीका जनसम्पर्क समिति सभापति शिखर खड्काले बताए ।

खड्काले पत्रकार महासंघ युरोपले गरेको भिडियो कन्फरेन्स मार्फत एनसिसिको चुनाव ताका उठाईएको उमेद्वारी सुल्क र सदस्यता बापत उठाईएको रकमको पनि हिसाबकिताबको माग गरेका छन् ।

प्रतिक्रिया