२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पूजा गर्ने क्रममा बालिएको बत्तीबाट बेलायतमा नेपालीको घरमा आगलागी

5644 Shares
Spread the love

लन्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको फार्नबरोमा एक नेपालीको घरमा भिषण आगलागी हुँदा ठुलो क्षति भएको छ । शुक्रबार मध्यान्ह १२:१५ बजेतिर पूजा गर्ने क्रममा बालिएको बत्तीबाट आगलागी भएको हो ।

जलेको घर फार्नबरोको ‘कर्मादन क्लोज’ स्थित खगराज थापाको भएको अल्डरसटस्थित रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसीले जानकारी दिए।

घरको उपल्लो तला बाट सुरु भएको आगलागी भुईंतलामा समेत ठूलो क्षति पुगेको कौन्सिलर केसीले बताए ।

आगलागीबाट मानवीय क्षति नभएको परिवारका सबै सदस्य सकुशल रहेको छ भने घरमा भएका लत्ता कपडा देखी विभिन्न प्रकारका सामानहरु जलेर नष्ट हुँदा क्षति ठुलो भएको ग्रेटर रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेले बताए ।

प्रतिक्रिया