लण्डन । बेलायतमा अध्ययन साथै व्यवसाय गर्दैआएका एक दम्पती इन्द्रहाङ लिङदेन र श्रीमती रश्मी केसी लिङदेनले झापाका विपन्न ३० परिवारका लागि खाद्य सामग्री सहायता गरेका छन् ।
अशक्त र दैनिक जीविकोपार्जन गर्न मुस्किल परेका परिवारहरुका लागि उनीहरुले खाद्य सामग्री सहयोग गरेका हुन् ।ताप्लेजुङ जिल्लाको साब्लाखु–मादिुबुङ पुर्ख्यौली घर भई हाल झापाको बिर्तामोडमा स्थायी घर भएका लिङदेन दम्पतीले बिर्तामोड नगर पालिका – ५ र ६ तथा अर्जुनधारा नगर पालिका –११ का कोराना र लडडाउनको समस्याबाट पीडित परिवारलाई ५० हजार रुपैयाँ बराबरको १५ किलो चामल, दाल र नुन दुई किलोका दरले र प्याज एक किलो वितरण गरेका हुन्।
दिलमाया फाउण्डेशनका संस्थापक सचिब इन्द्रहाङ लिङदेन हाल नेपाली जनसम्पर्क समिति बेलायतका सहमहामन्त्री पनि हुनु ।
छोटो समय मै व्यापार व्यवसायमा सफलता आर्जन गरेका यी दम्पतीले बेलायत आएयता पनि समाजसेवालाई निरन्तरता दिइरहेका छन् । कहिले आफ्नो दिलमाया फाउण्डेशन मार्फत त कहिले अन्य संघ-संस्थाहरु मार्फत उनीहरुले नेपालमा सहायता पठाउने गरेका छन् ।