930
Shares
लण्डन। लन्डनको प्लमस्टिड स्थित घर बाट पार्कमा हिड्न भन्दै आइतबार दिउँसो निस्किएकी एक महिला मृत भेटिएकी छिन्। साउथ ईष्ट लण्डनको प्लमस्टिडमा बस्दै आएकी ६५ वर्षीया धनमाया थापा नजिकैको पार्कमा मृत भेटिएकी हुन्।
आइतबार बाटै हराइरहेकी महिलालाई खोजी गर्ने क्रममा घर नजिकैको पार्कमा सोमबार राति मृत अवस्थामा फेला पारिएको एनआरएनए आइसिसि सदस्य लिला देबि गुरुङले जानकारी दिनु भयो।उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएने छ।
आइसिसि सदस्य लिला देबि गुरुङ अनुसार उनको मृत्युको यकिन कारण भने खुलेको छैन। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।