लण्डन । नेपालीमा एउटा प्रख्यात उनाख छ जब रात्ती तब बुढी ताती एनआरएन यूकेको चालामाला हेर्दा सो उखानसंग ठ्याक मेल खान्छ । बेलायतमा जनजिवन बिस्तारै सामान्य बन्दै छ बुधवारबाट लकडाउन हल्का खुकुलो बनाउने सरकारले निर्णय गरिसकेको छ ।
जब समस्यामा नेपालीहरु थिए एनआरएनए यूके पैसा उठॉंउनै व्यस्त थियो । उहिले काम गरेका छौ भनेर देखाउन एनआरएन यूकेले स्वास्थ्यबिभागका संयोजक डाक्टर सुनिल साह लगायत २५ जना बेलायतका विभिन्न स्थानमा कार्यरत मेडिकल डाक्टरहरुले स्वतस्फुर्त रुपमा सल्लाह , सुझाब ,परामर्श लगायतका स्वयमसेवाका कार्यहरु गरिरहेका बताएको छ ।
त्यसबाहेक सयौको संख्यामा अन्य स्वयमसेबकहरुले खाध्यान्न लगायतका आबस्यक राहतका सामग्री पिडितहरुलाई पुर्याउने काम भैरहेको बताइएको छ तर राहतकासामग्री पाउँनेहरु समाजका धनाढ्य वर्गहरु मात्र परेको एनआरएन यूकेले फेसबुकमा पोस्ट गरेको फोटो र भिडियोबाट देख्न सकिन्छ ।
एनआरएन यूकेले बेलायतका पिडीत नेपालीलाई भनेर उठॉंएको पैसा एकजना मनोनित आइसीसी सदस्यको बालहठपछि कार्यसमितिलाई जानकारी नै नदिई यूरोप पठॉंएको विषय पनि एनआरएन वृतमा चर्चाको विषय बनेको छ ।