लण्डन । विश्वव्यापी रूपमा महामारीको रूपमा फैलदै गरेको कोरना भाइरसले विश्वभरी लाखौं मानिसहरूको ज्यान मात्रै लिएको छैन मानव जीवन नै संकटमा परिरहेका बेला समाजसेवालाई आफ्नो धर्म ठान्नेहरुले भने दीन दुःखी र विपन्नहरुलाई सकेको सहयोग गरिरहेका छन् । विश्वभरी नै महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभाव विगत केही सातादेखि बेलायतमा पनि डरलाग्दो रुपमा उकालो लागेपछि यहाँ रहेका प्रवासी नेपालीहरू तथा अध्ययनरत नेपाली विद्यार्थीहरु त्रसित आतङ्कित भएका छन् ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायतका सम्पूर्ण शैक्षिक गतिविधिहरू अनिश्चितकालका लागि ठप्प रहेको र लकडाउने गर्दा काम नपाउने र नेपालबाट पैसा ल्याउने अवस्था पनि नभएकाले नेपाली विद्यार्थीहरुलाई खाना खानै समस्या सिर्जना भएको गुनासो आएको थियो । (साधनको अभाव र कोरोनाको त्रासले गर्दा विद्यार्थीहरू मानसिक पीडाको शिकार हुन परेकाले स्वदेश फर्किन पाउनुपर्ने इच्छा व्यक्त गरिरहेका छन् )
धेरै विद्यार्थीहरूले उठान गरेका समस्यामा आर्थिक समस्या नै विकराल देखिएको छ । केही महिनाअघि मात्र बेलायत आएका विद्यार्थीहरु कोरोनाको महामारीले विश्वविद्यालय बन्द, पाइरहेको काम गुमाउँदा र दिनदिनै कोरोनाको ग्राफ बढदै जाँदा चिन्तित छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेको र सरकारले पहल नगर्दा उनीहरु बेलायतमा अलपत्र छन् ।
कोरोनाको माहामारीलाई नियन्त्रण गर्न ब्रिटिश सरकारले लागु गरेको लकडाउन र नेपालको लकडाउनको कारण घर जान नपाएर खाध्यान्न अभाव झेलिरहेका बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई नेपाल जनसम्पर्क समिति बेलायतले खाध्यान्न सहयोग गरेको छ ।

लण्डनबाट घण्टौं टाढा रहेका युनिभर्सिटी अफ हडर्सफिल्डमा अध्ययनरत नेपाल विद्यार्थीहरुलाई नेपाल जनसम्पर्क समिति बेलायतले खाध्यान्न सहयोग गरेको सस्थाका अध्यक्ष युवराज गुरुङ्गले जानकारी दिए ।
युनिभर्सिटी अफ हडर्सफिल्डमा अध्ययनरत लगभग ४० देखि ५० जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको सस्थाका सह-महामन्त्री इन्द्र हुङ्ग लिङ्ग्देन जानकारी दिए । सो परोपकारी काममा सस्थाको तर्फबाट अध्यक्ष युवराज गुरुङ्ग उपाध्यक्ष सुवाश पोख्रेल कोषाध्यक्ष नोर्बु शेर्पा सह-महामन्त्री इन्द्र हुङ्ग लिङ्ग्देन उपस्थिति थिए ।
जनसम्पर्क समितिको यो अभियानलाई सुरज केसी , महेश दाहाल, युबराज गुरुङ , नोर्बु शेर्पा , सुर्य तामांग, आलेख चौहान , इन्द्र हुङ्ग लिङ्ग्देन , तर्क जुङ्ग गुरुङ्ग , केशब भण्डारी , विज्ञान प्रसाई , सुनिल गुरुङ्ग , कोपिला सुब्वा, सन्जिब राई , शेर सुनार , रेशम बस्याल , राजन खकुराल , क्षमता ढकाल , विश्व आदर्श पण्डित , मोहन कार्की , रवि उप्रेती , रितेश पाण्डे , सुर्य नेम्बांग , युवराज सिंह , नरकुमारी लिम्बु , भिमराज राई , चेतनाथ खनाल , बिनोद मोक्तान , इन्द्रमान गुरुङ्ग , राजकुमार सुनार, प्रवेश केसी , रोमियन केसी लिम्बु लगायतले सहयोग गरेका थिए ।