२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

केसीको सौजन्यमा बुद्ध फाउण्डेशन युकेद्वारा अस्पताललाई खाना प्रदान

1642 Shares
Spread the love

लण्डन। बुद्ध फाउन्डेसन यूकेले २५६४औं बुद्धजयन्तीको अबसरमा बिहिबार साउथ इस्ट लण्डनको क्विन एलिजाबेथ हस्पिटलमा खाना (लन्च ) दिएर सेवा गरेका छन् । फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठ, महासचिब अर्जुन कटुवाल, सचिब सुरेन रुपाखेती , सक्रिय सदस्य जिबन सेन र स्थानीय समाजसेवी सुरज केसीले आफै हस्पिटलमा गएर फलफुल ,पानी सहित खाना (लन्च ) प्रदान गरेका हुन । खानाको सौजन्य सुरज केसी संचालक रहेको वेस्टकम्ब पार्क, ग्रीनवीचस्थित ‘रोयल नेप्लिज रेष्टुरेन्ट’ ले गरेको थियो ।

अध्यक्ष दिपक श्रेष्ठका अनुसार कोरोनाको कारण लकडाउन भएकोले फाउन्डेसनले यस वर्ष बुद्धजयन्ती भिन्न तरिकाले मनाउदैछ । आज बिहिबार साँझ ८ बजे दीप प्रज्वलन गरि ‘क्ल्याप’ गर्न फाउन्डेसनले सबैमा हार्दिक अनुरोध गरेको छ।

बुद्ध फाउन्डेसन यूकेले प्रत्येक वर्ष लण्डनको मुटु ट्राफलगरस्क्वारमा बुद्ध जयन्ति मनाउदै संसारभरी बुद्धको देश नेपाल ,प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल र नेपाली कला तथा संस्कृति को प्रचारप्रसार गर्दै आएको थियो।

महासचिब अर्जुन कटुवालका अनुसार यो बर्ष कोरोनाको कारणले एनएचएस स्टाफ लाई लन्च दिने, शुभकामना सन्देश र साँझ ८ बजे विश्व शान्तिको कामना गर्दै प्रार्थना गर्ने, दीप प्रज्वलन गरि ‘क्ल्याप’ गर्दै एनएचएस फ्रन्टलाइनरहरु केयरर, नर्स र डाक्टरहरुको सम्मान गर्ने कार्यक्रम रहेको छ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्माको दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापुर्वक मनाउने गर्छन् ।

बुद्ध फाउन्डेसन यूकेले पुनश्च आफ्ना सदस्यहरु, सल्लाहकारहरु, शुभचिन्तक, बुद्धमार्गी लगायत सम्पूर्ण बेलायतबासी नेपालीहरुमा साँझ ८ बजे दीप प्रज्वलन गरि ‘क्ल्याप’ गर्न हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया