२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

अमेरिकामा गोली लागेर एक नेपालीको मृत्यु

1595 Shares
Spread the love

भदौ ११ -प्रहरीको गोलीबाट अमेरिकाको कोलोराडोको डेनभरस्थित ब्रुमफिल्डमा एक नेपाली युवाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार शनिबार साँझ करिब ९ बजे प्रहरीले गोली चलाउँदा एक अन्दाजी २५ वर्षका वीरेन्द्र ठकुरीको मृत्यु भएको जनाइएको छ ।

मृतक ठकुरी आमा र दाईका साथ घटनास्थल नजिकै स्थायी रुपमा बस्दै आएका थिए । प्रहरीले ठकूरीमाथि किन गोली चलायो भन्ने केही खुल्न सकेको छैन । घटनाका बेला उनी दाईसँगै रहेको बताइएको छ ।

यसैबीच अमेरिकको फ्लोरिडास्थित एक मलमा भिडियो गेम प्रतियोगिता चलिरहेको बेला एक व्यक्तिदे अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको छ भने करिब एक लर्जन व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया